१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बाढी पहिरो प्रभावित क्षेत्रमा औषधिको अभाव भए तत्काल खबर गर्न सरकारको आग्रह



काठमाडौं, भदौ २ ।
बाढी पहिरो प्रभावित क्षेत्रमा औषधिको अभाव भए तत्काल खबर गर्न सरकारले आग्रह गरेको छ ।
सम्भावित महामारी रोक्न औषधि र स्वास्थ्य टोली पठाइरहेको भन्दै सरकारले अभाव भए जानकारी गराउन आग्रह गरेको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार शुक्रबार पनि बाढी प्रभावित क्षेत्रमा औषधिसहितको टोली खटिएको छ ।
सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालयले औषधिको माग गर्ना साथ जसरी भए पनि औषधि र जनशक्ति पठाउने महाशाखाका निर्देशक डाक्टर भीम आचार्यले बताउनुभयो ।
बाढी प्रभावित क्षेत्रमा अहिले ज्वरो, झाडापखाला, रुघाखोकी र आँखाको रोग देखिन थालेको छ । पीडितले समयमा नै उपचार नपाएको गुनासो गर्दै आएका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७४ शुक्रबार ००:००  ७ : ४५ बजे