१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

गुल्मीको वामीमा एक सातादेखि विद्युत आपूर्ति बन्द



२ भदौ, गुल्मी ।

एक सातादेखि विद्युत आपूर्ति बन्द भएपछि मुसिकोट नगरपालिकाको जनजीवन कष्टकर भएको छ ।

अबिरल वर्षाको कारण विद्युत गृहमा लागिएको पानीको नहर बगाएपछि वामीमा विद्युत अवरुद्ध छ । विद्युत आपूर्ति बन्द हुँदा दुई हजारभन्दा बढी उपभोक्ताहरु अन्धकारमा बस्न बाध्य छन् ।

परोपकार बहुउद्देश्यीय सहकारी संस्था वामीद्वारा सञ्चालित १ सय ३५ किलोवाटको विद्युत तथा दरमखोला लघुजलविद्युत परियोजनाद्वारा सञ्चालित ८५ किलोवाटको विद्युतमा गत साउन २७ गते राती आएको वर्षाले क्षति र्पुयाएको छ ।

नगरपालिकाको वडा नं. ७ मा रहेको परोपकार बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित विद्युतको नहरबाट आएको पानी नै अर्काे दरमखोला लघु जलविद्युत परियोजनाद्वारा उत्पादित विद्युत सञ्चालनमा आउने गरेको छ ।

गत साउन २७ गते रातिदेखि सो पानी जाने नहर भत्किएको छ । दुबै विद्युतका नहर भत्किएपछि स्थानीयहरु अन्धकारमा जीवन जिउन बाध्य छन् ।

प्रकाशित मिति : २ भाद्र २०७४ शुक्रबार ००:००  ७ : ५७ बजे