१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा ६ जना घाइते, ३ को अवस्था गम्भिर



बिष्णु कुमार आले अर्घाखाँची, ९ भदौं ।
बिहिबार राती अर्घाखाँचीको भुमिकास्थान नगरपालीका ८ नुवाकोटमा जीप दुर्घटना हुदा ६ जना घाईते भएका छन् ।
नुवाकोट पोखडाँडा सन्धिखर्क आउदै गरेको लु १ ज २६६४ नम्बरको जीप सडकबाट करिव ८० मिटर तल खसी दुर्घटना हुदा सन्धिखर्क २ का गाडी धनी २२ बर्षिय सुरज भुषाल, प्युठान सारीवाङगका ३४ बर्षिय गाडी चालक माधव पराजुली, सन्धिखर्क ८ किमडाडाका ५१ बर्षिय खुमानन्द बन्जाडे , प्युठान दमारका २० बर्षिय पुरन परियार, प्युठान बडाचौरका २१ बर्षिय सुनिल क्षेत्री र सन्धिखर्क २ का १९ बर्षिय बिकास भुसाल घाईते भएको प्रहरीले जनाएको छ ।
घाईते मध्ये ५ जनालाई थप उपचारका लागी गएराती नै बुटवल ल्याईएको छ भने एक जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ । घाईते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको अस्पताल श्रोतले जनाएको छ । तीजको मेला हेरेर फर्कने क्रममा भएको दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रकाशित मिति : ९ भाद्र २०७४ शुक्रबार ००:००  १२ : ३९ बजे