१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

ढुंगेल विरुद्धको अदालती फैसला अस्वीकार्यः वाईसियल अध्यक्ष सापकोटा



शरद रेग्मी दाङ १२ भाद्र ।
वाईसियलका नव निर्वा्चित केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा (दिपशिखा)ले बालकृष्ण ढुंगेलविरुद्ध अदालतको फैसला वाईसियललाई अस्वीकार्य भएको बताउनु भएको छ ।
सोमवार दाङको तुलसीपुरमा रिपोटर्स क्लब दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रको संगठन वाईसियलका अध्यक्ष दिपशिखाले द्धन्दकालीन घटनालाई लिएर आफ्ना नेता ढुङ्गेलमाथि अदालतले गरेको फैसला अन्यायपूर्ण रहेको भन्दै त्यो अमान्ने र अस्वीकार्य रहेको बताउनु भएको हो ।
बृहत शान्ति सम्झौता आफैँमा कानून भएको तर्क गरेका उहाले राज्य र अदालतले त्यो नमानेको बताए साथै राज्य र अदालतले संविधान समेत नमानेको उल्लेख गर्नु भयो ।
‘कानून हामीले नमानेको होइन, राज्यले नमानेको हो र त्यही मान भनेर हामीले भनेको हो ।’ वाईसियल अध्यक्ष दिपशिखाले भन्नुभयो । द्धन्दकालीन घटनाहरू सत्य निरुपन तथा मेलमिलाप आयोग मार्फत टुङ्ग्याउनु पर्ने उनको धारणा थियो ।
रिपोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष दिपशिखाले अदातलले यसैगरी द्धन्दकालीन मुद्दा हेर्दै जाने हो भने समाजमा शान्ति स्थायित्व कायम गर्न नसकिने उहाको तर्क छ ।
माओवादीका प्रत्येक गाउँकमिटीका सदस्यदेखि केन्द्रीय अध्यक्ष सम्मलाई मुद्दा लाग्ने स्थिति उत्पन्न हुने भएकोले द्वन्दकालीन मुद्दाको अदालती फैसला समाधान हुन नसक्ने उल्लेख गर्नु भयो ।
माओवादी नेतालाई द्वन्दकालीन मुद्दा लगाउने हेप्ने, ह्येयको दृष्टिकोणले हेर्ने कुरा वाईसिलयलाई स्वीकार्य छैन भन्दै आफ्ना नेतामाथिको मुद्दा शान्ति सम्झौता अनुरुप नभए आफूहरू काँग्रेस र एमालेका शीर्ष नेताहरूका विरुद्ध द्वन्दकालीन मुद्दा दायर गर्न बाध्य हुने चेतावनी दिनुभयो ।

प्रकाशित मिति : १२ भाद्र २०७४ सोमबार ००:००  ८ : ११ बजे