१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

पहिरोका कारण पृथ्वी राजमार्ग आज पनि ठप्प



काठमाडौं, २० भदौ ।
पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध हुँदा पूर्व–पश्चिम जाने आउने गाडी रोकिएका छन् । मंगलबार बिहान धादिङको बेनीघाट रोराङ–१० मा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको हो ।
बाटो अवरुद्ध हुँदा पोखरा, चितवन लगायत यो मार्ग हुँदै पूर्व पश्चिम जाने आउने गाडी बिच बाटोमा नै रोकिएका छन् । पहिरो हटाइ बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडकखण्डका कारण यात्रुले हरेक दिन जसो सास्ती खेप्नु परेको छ । सामान्य झरी पर्दा पनि पहिरो खस्ने र साँघुरो सडकमा गाडीको चाप धेरै हुँदा हरेक दिन यात्रु घण्टौँ जाममा बस्न बाध्य भएका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७४ मंगलबार ००:००  २ : २० बजे