१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सितगंगा-१३ को डडुवामा विजुली वित्ती बोल्यो



मायादेवी अनलाइन, कपिलवस्तु, २१ भाद्र ।
अर्घाखाँचीको सितगंगानगरपालिका वडा नम्बर १३ डडुवामा लामो सयम पछि विजुली बत्ति बोलेको छ । साविक सिमलपानी गाविस वडा नम्बर ७ मा अवस्थित उक्त स्थानमा हालै एक कार्यक्रम गरि विजुली बत्तिलाई औपचारिक रुपमा बालिएको हो ।
दशकौ देखि टुकिको भरमा बस्न बाध्य त्यस क्षेत्रका जनतालाई विजुली बत्ति बाल्न पाए पछि खुसीको सिमा छैन । विद्युत प्राधिकरण अर्घाखाँचीले काम थालेको एक बर्षभित्रमै विजुली बत्ति बाल्न सफल भएको स्थानीयबासी राम बहादुर विसीले जानकारी दिनुभएको छ ।
झण्डै ६० घरपरिवार रहेको उक्त स्थानमा बिजुली बत्ती बाले पछि कुटानी पिसानी देखि स्कुले विद्यार्थीलाई समेत पठन पाठनमा सहजता आएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७४ बुधबार ००:००  २ : १९ बजे