११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

कपिलवस्तुमा एचआइभी संक्रमित बढे



जीतपुर (कपिलवस्तु), १ असोज ।
कपिलवस्तु जिल्लामा एचआइभी संक्रमितका बिरामीको संख्या बढेको छ । हिजोआज एचआइभी संक्रमित विस्तारै खुल्न थालेपछि एचआइभी संक्रमित बिरामीको संख्या बढ्न थालेको हो ।
आर्थिक वर्ष २०७३÷७४ मा एक सय तीनजना एचआइभी संक्रमित फेला परेका छन् । अघिल्लो वर्षको तुलनामा ५२ जना एचआइभी संक्रमित थपिएका हुन् ।
आर्थिक बर्ष ०७२÷७३ मा जम्मा ५१ जना एचआइभी संक्रमित रहेको यस जिल्लामा त्यो संख्या बढेको जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुका तथ्यांक सहायक राजन पहाडीले जानकारी दिनुभयो ।
खुला सिमानाको फाइदा उठाउँदै भारतका विभिन्न स्थानमा जाने र नेपाल फर्किने गर्दा संक्रमित बढेका साथै गाउँगाउँमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिन थालेपछि पनि पछिल्लो समय उनीहरु गाउँ समाजमा खुल्न थालेको उहाँले बताउनुभयो ।
जिल्लामा हाल ३५२ जनाले एआरटी औषधि लिइरहेको पहाडीले जानकारी दिनुभयो । भित्रभित्रै समाजको डर र लाजका कारण रोग लुकाएर बसिरहेका एचआइभी संक्रमित अहिले स्वास्थ्य संस्थामा नै परामर्श तथा उपचारका लागि जाने क्रम बढ्न थालेको पहाडीको भनाइ छ ।

प्रकाशित मिति : १ आश्विन २०७४ आइतबार ००:००  १२ : ५६ बजे