१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

लोडसेडिंगको मारले आम पाल्पाली पिडित



पाल्पा, ४ असोज ।
देशमा लोडसेडिंग हटे पनी बारम्बार हुने अघोषित लोडसेडिंगका कारण आम पाल्पाली पिडित हुन पुगेका छन । पाल्पामा अहिले २४ घण्टामा नियमीत १० घण्टा पनी बिजुली आउने गरेको छैन । यसको समाधानका बारेमा बिद्युत कार्यालयले कुनै चासो नदिएको सर्बसाधारणको दुखेसो छ ।

यसरी हुने अघोषित लोडसेडींगबाट उद्योगी, ब्यावसायी, कुटिर उद्योगी, संचार संस्था, शैक्षिक संस्था बढी मारमा परेका छन । बिद्युतको अनियमितताका कारण तरकारी, मासु, दुध ब्यापारी तथा कृषकहरुको दैनिक लाखौ रुपैया सडेर क्षती हुने गरेको उनीहरुको भनाई छ । बिद्युतको अभावमा सदरमुकाम तानसेन लगाएत जिल्लाभर लिफ्टििंग प्रबिधीबाट ल्याईने खाने पानीको समेत हाहाकार हुने गर्दछ ।

यसै बिच संयुक्त विद्यार्थी संघर्ष समिति पाल्पाले जिल्लाको विद्युत अनियमितता रोक्न माग गर्दै तीन दिने अल्टीमेटम दिएको छ । विद्युतमा अनियमितता भएको भन्दै उनीहरुले आन्दोलनका कार्यक्रम सुरु गरेका छन् ।

लोडसेडिङ्ग मुक्त जिल्ला पाल्पामा यसरी गरिने अघोषित लोडसेडिङ्गले गर्दा आम सर्वसाधारण, व्यवसायी, विद्यार्थीलाई असहज परिस्थिति सिर्जना भएको विद्यार्थी नेता पन्थीले बताउनुभयो । जसबाट परीक्षामा रहेका विद्यार्थीहरु प्रत्यक्ष मारमा परेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७४ बुधबार ००:००  २ : ०२ बजे