२० आश्विन २०७९, बिहिबार | Thu Oct 6 2022

जगदिशपुर तालमा सरकारी उदासिनता ! विश्व सिमसार क्षेत्रको अस्तित्व बचाउँन मुस्किल



दिपक अनुरागी, कपिलवस्तु, ४ असोज ।
सरकारी निकायको उदासिनताको कारण नेपालकै दक्षिण एसियाकै दोश्रो ठुलो मानव निर्मित ताल पुरिदै गएककोछ । विश्वका दुर्लभ पंक्षी तथा माछाहरु पाइएका कारण विश्व सिसार क्षेत्रमा सूचीकृत कपिलवस्तुको जगदिशपुर ताल पुरिदै गएको हो । एकातिर ताल पुरिदै गएर लोप हुने खतरा वढदैछ भने अर्काेतर्फ सुन्दरीकरणमा ध्यान दिन नसक्दा पर्यटकीय संभावना उच्च रहेपनि त्यो केवल परिकल्पना मै सिमित हुदै गएकोछ । कपिलवस्तु नगरपालिका वडा नम्बर ९ निग्लिहवामा अवस्थित जगदिशपुर ताल १ सय ५७ हेक्टर क्षेत्रफलमा छ ।
तालको संरक्षण, सम्बद्र्धनका लागि भनेर आधा दर्जन बढी समिति गठन गरिएपनि तालको अस्तीत्व जोगाउने र सुन्दरीकरण वढाउनेमा उनीहरुको कुनै भूमिका देखिएको छैन । वाणगंगा सिंचाई डिभिजन कार्यालयको मातहतमा रहेको यो तालको पानीले नेपाल र भारतको हजारौँ हेक्टर खेत सिंचाई गर्दै आएको छ । तालको पानीबाट जिल्लाको दक्षिणी क्षेत्रका ६ हजार ३ सय ५० हेक्टर जमिन सिंचित हुदै आएको छ । तर हरेक वर्ष बाणगंगा नदीको नहरवाट आउने धमिलो पानी र वालुवाका कारण ताल पुरिदै गएपनि सरसफाईको बैज्ञानिक विधी अवलम्वन गरिएको छैन । सरकारी निकायलाई पटक पटक तालको विकासमा बजेट विनीयोजन गर्न माग गर्दा पनि वेस्वास्था गरेको जगदिशपुर ताल वहुसरोकार मञ्चका सदस्य अब्दुल रसिद खाँ बताउनुहुनछ । बर्षेनी वाणगंगाबाट आउने पानीको नहरले ताल पुरिदै गएको खाँ बताउनुहुन्छ ।
तालमा पानीको सतह बृद्धिले ताल सौन्दर्य र मनमोहन हुनुपर्ने हो तर त्यसो हुन सकेको छैन । तालको विच विचमा झाडी उम्रिएको छ भने वरपर स्थानीयबासीले गाइबस्तु चरिचरनको क्षेत्र बनाएका छन । साथै पिकनिक खान आउने पर्यटकले पनि ताल वरपर फोहोर गर्ने गरेका छन । यसको नियमन र नियन्त्रणमा कसैको ध्यान नपुगेको स्थानीयबासीले गुनासो छ ।
तालको संरक्षण गर्न जिविसका स्थानीय विकास अधिकारीको संयोजकत्व रहनेगरी सबै सरोकारवालाहरुलाई समेटेर जगदिशपुर ताल वहुसरोकार मञ्च गठन भएको ४ वर्ष भैसकेकोछ । तर एकिकृत संरक्षणको प्रयास भने हुन सकेको छैन ।
आईयूसिएन नामको एक अन्तराष्ट्रि सस्थाले २ पटक परियोजना लागु गरेर स्थानीयहरुमा तालको संरक्षण गर्नुपर्ने, तालवरीपरि खुला सौच गर्न नहुने, दुर्लभ पंक्षी र माछाको चोरी सिकारी नगर्न एक प्रकारको सचेतना र खवरदारी गर्ने काम गरेको थियो । तर ताल पुरिदै गएको र सुन्दरीकरण हुन नसकेको विषयमा ती परियोजनाले चासो राखेका थिएनन् ।
डिभिजन सिंचाई कार्यलय कपिलवस्तुले तालको सफाईका लागि २ वर्षयता सरकारवाट वजेट पाउदै आएकोछ । तर सिंचाईले एकैसाथ ताल सुख्खा वनाएर सफाई गर्ने अडानमा छ भने स्थानीयहरु त्यहा रहेका दुर्लभ चराचुरुंगी र माछाहरुको सुरक्षा हुने गरी २ भागमा वाडेर सफाई हुनुपर्ने अडानमा छन् । फलस्वरुप ताल पुरिदै गएपनि सफाई हुन सकेको छैन । यस तालमा अहिले १ सय ६८ प्रजातीका चरा, उभयचर प्रजाती १०, स्तनधारी प्रजाती ३२, घस्रने प्रजाती ४२, माछा प्रजाती ४३ किसिमका पाइने गरेका छन् ।ती मध्ये केहि प्रजाती विश्वमै दूर्लभ मानिएका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७४ बुधबार ००:००  २ : ५३ बजे