१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

खोलाले बगाएर एकजनाको मृत्यु



रत्ननगर, चितवन, ५ असोज (रासस) ः चितवनको भरतपुर महानगरपालिका–२२ स्थित केरुङगा खोला तर्ने क्रममा बगाएर आज एक जनाको मृत्यु भएको छ ।

बिहान ११पश्चिम चितवनको पदमपोखरीस्थित केरुङगा खोला तर्न लाग्दा ख बगाएर अन्दाजी ५० वर्षका सन्तोष भनिने कर्णबहादुर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनी पर्सा ठोरी घर भई भरतपुर–२२ स्थित नारायण पौडेलको घरमा काम गर्दै आएका प्रहरीको भनाइ छ ।

गीतानगर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भूपाल रानाका अनुसार खोलाले बगाएपछि उनको टाउको ह्यूम पाइपभित्र अड्किएको थियो ।

शवको मुचुल्का गरी परीक्षणका लागि अहिले भरतपुर अस्पतालमा पठाइएको रानाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ५ आश्विन २०७४ बिहिबार ००:००  २ : ४७ बजे