१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

व्यवसायीले मागे सुरक्षाको ग्यारेन्टी



लक्ष्मण पोखरेल बुटवल, २६असोज ।

उद्योगी व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्न सरकारसंग माग गरिएको छ । दिनदहाडै व्यवसायी ताकेर गोली हानिदा समेत सरकार चुप लागेर बसेको भन्दै व्यवसायीहरु आक्रोशित भएका छन् ।

बुटवल उद्योग वाणिज्य संघको २३ औं अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै व्यवसायी नेताहरुले चन्दा आतंक मच्चाएर व्यवसायीलाई पलायन गराउने काम रोक्न सरकार उदासिन बनेका उनीहरुले बताए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले निर्माण व्यवसायी महासंघका अध्यक्ष सहित अन्य व्यवसायीको हत्या भइरहदा शान्ति सुरक्षामा चुनौति थपिएको बताउनु भयो ।

चन्दा नदिने लाई ठाउको ठाउ मार्नेे धम्की आइरहदा व्यवसायीले कसरी आर्थिक विकासमा योगदान गर्न सक्छन ? उहाले प्रश्न गर्नु भयो । व्यवसाय मैत्री वातावरण बनाउनमा सरकार अझै उदासिन बनेको उहाले आरोप गाउनु भयो ।

पूर्व अध्यक्ष ढकालले राजनीतिक दलहरुले आर्थिक विकासलाई पहिलो प्राथमिकतामा नराखेसम्म मुलुकमा दीगो आर्थिक विकास सम्भव नभएको बताउनु भयो । सबै पक्ष आर्थिक विकासको साझा एजेण्डामा आए मात्रै समृद्ध नेपालको सपना साकार हुने उहाले बताउनु भयो ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिराज सुवेदीले मोतिपुर औद्योगिक क्षेत्रको निर्माण, जितगढी किल्लाको संरक्षण सहित बुटवलको बिकासका लागि उपमहानगरपालिका उद्योग वाणिज्य संघ संग सहकार्य गर्न तत्पर रहेको बताउनु भयो ।

प्रकाशित मिति : २६ आश्विन २०७४ बिहिबार ००:००  ४ : ०४ बजे