१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

एक बेलायती दम्पतिको उदाहरणीय काम, छोराको सम्झनामा आवास गृह निर्माण



सलिम अन्सारी, प्यूठान, २७ असोज ।
धन हुने संग मन हुँदैन, मन हुनेसंग धन समाजमा प्राय यस्ता भनाइ सुन्ने गरिन्छ । तर बेलायतका एक दम्पतीले मन र धन दुवै प्रयोग गरी प्यूठानमा आवासगृह निर्माण गरिदिएका छन । आफनो दिवँगत छोराको संझनामा बेलायती नागरिक जिम र मेरिलिन साइमन दम्पतीले दुइ करोड रुपैयाँ आवास गृह निर्माणमा लगानी गरेका हुन् । निक साइमन इन्ष्टिच्युटले प्यूठानको जिल्ला अस्पताललाइ आवास गृह हस्तान्तरण गरेको हो ।
जिम दम्पतीले मंगलवार एक कार्यक्रमका बिच जिल्ला स्वास्थ्य कार्यालय व्यवस्थापन समितीका अध्यक्ष मेघराज पूरीलाई उक्त आवासगृहको साँचो संयूक्त रुपमा हस्तान्तरण गरे । सो अवसरमा आफना छोरा निक साइमनको सम्झनामा नेपालका बिभिन्न स्थानका स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको इन्ष्टिच्युटका संस्थापक जिमले बताए ।
स्वास्थय सेवाबाट बन्चित समुदायका लागी सहयोग गर्दै आएका छौ जिमले भनें “छोराको सँझनामा भवन निर्माण गरेका हौ ।” नेपालमा कार्यरत रहेकै बखत आफनो प्यारो छोराको निधन भएपछि नेपाल सरकार संगको सहकार्यमा नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग सुरु गरेको इन्ष्टिच्युट संस्थापक जिम दम्पतीले बताए ।
स्वास्थ्यकर्मीको सहज व्यवस्थापनका लागी स्वास्थ्य कार्यालय नजिकै आवास गृह निर्माण गरिएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत बिशाल सुवेदीले जानकारी दिए । इन्ष्टिच्युटले जिल्ला अस्पतालमा स्वास्थयकर्मीको आवासका लागी दुइतले भवन निर्माण गरिदिएको हो । भवनमा ९ वटा कोठा छन ।

 

प्रकाशित मिति : २७ आश्विन २०७४ शुक्रबार ००:००  १ : ४६ बजे