१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

आन्दोलनका नाममा लुटपाट



नारायण पाण्डे तौलिहवा ३१ असोज ।
आइतवार राती तौलिहवा रामनगर स्थित क्यापिटल फुट्स प्रालिमा भएको दुर्घटनामा एकजना मजदुर यूवकको मृत्यू भएपछि शुरु भएको आन्दोलनको वहानामा उद्योगमा लुटपाट गरिएकोछ । सोमवार दिउसो आन्दोलनकारी वताउदै आएको एक हुुलले उद्योग भित्र अनाधिकृत प्रबेश गरि गाडी फुटाउने,मेसिन तोडफोड गर्ने ,त्यहाँ तैयारी अवस्थामा रहेका चाउचाउहरु नष्ट गर्ने र लुटपाट गर्ने गरेका हुन् । उद्योगमा रहेको मेसिन संचालन गर्ने तेल,चाउचाउको कच्चापदार्थ सहितका महत्वपूर्ण उपकारण समेत लुटेका हुन् ।आन्दोलनकारीका नाममा लाखौको धनमाल क्षेती पुराएको उद्योगले जनाएकोछ । कपिलवस्तुमा केहिदिन पहिले खुलेको उक्त उद्योग सफागर्ने क्रममा अर्काे एक मजदुरकै लापरवाहीका कारण मेशीनमा बेरिएर स्थानीय थुमुवा गाउका १७ बर्षे सुरेश भुजको मृत्यु भएको थियो ।उद्योगले दुर्घटना दुखद भएको वताउदै उचित क्षेतीपूर्ति उपलब्ध गराई सकेपछि तोडफोड हुनुले उद्योगको सुरक्षामा स्थानीय प्रशासनले गंभिर चासो दिन माग गरयो ।
यता प्रहरी उपरिक्षक भोजजंग शाहले मृतकलाई ९ लाख क्षेतिपूर्ति उद्योगले दिएको वताउनु भयो । उहाले प्रहरीले शव निकाल्न उद्योगमा रहेकै वखत केहि उत्तेजित समुहले तोडफोड गरेको स्वीकार्नु भयो ।उपरिक्षक शाहले तोडफोडमा संलग्न कसैलाई पक्राउ नगरिएको वताउनु भयो ।उद्योगमा कहिलेकाही दुर्घटना हुने गर्छ तर दुर्घटना भएर उद्योगले क्षेतिपूर्ति दिदा समेत प्रहरीकै उपस्थितीमा उद्योग लुटिनुले प्रहरी माथि नै गंभिर आशंका पैदा गरेकोछ । सुरक्षा दिन नसक्ने हो भने प्रहरीले के काम गर्ने नागरिकहरुले प्रश्न खडा गरेका छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७४ मंगलबार ००:००  ८ : २० बजे