७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सार्वजनिक स्थानमा फोहोर गर्दै हुनुहुन्छ ,घरमा बिजुलीको लाइन काटिएला !



 

रुपन्देही, कात्तिक ८ ।

रुपन्देहीको रोहिणी गाउँपालिकामा घरवरिपरि सरसफाइ नगर्नेहरुको घरको बिजुलीको लाइन काटिने भएको छ ।

गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले गाउँपालिकालाई स्वच्छ र सरसफाइयुक्त बनाउनका लागि यो निर्णय गरिएको बताउनु भयो । सम्झाउँदा बुझाउँदा पनि अटेर गरेर सार्वजनिक स्थानहरुमा फोहोर गर्ने र सरसफाइ नगर्नेहरुको घरमा बिजुलीको लाइने काटिने गाउँपालिकाको निर्णय हो ।

सार्वजनिक स्थानमा हुने फोहोर र दुर्गन्धलाई रोक्नका लागि अरु अभियान पनि चलाउने गाउँपालिकाले जनाएको छ । यी भेगमा सार्वजनिक स्थानमा शौच गर्ने चलनमा अझै कमि आउन सकेको छैन ।

प्रकाशित मिति : ८ कार्तिक २०७४ बुधबार ००:००  १० : ५३ बजे