१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

अर्घाखाँचीमा उम्मेदवारको अन्तिम नामावली प्रकाशित



बिष्णु कुमार आले, अर्घाखााची २० कार्तिक ।
आगामी मंसिर २१ गते दोस्रो चरणमा सम्पन्न हुन गैरहेको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागी मुख्य निर्वाचन कार्यालय अर्घाखाँचीले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको छ ।
मुख्य निर्वाचन कार्यालयमा पुगेर राष्ट्रिय जनमोर्चाका शेर बहादुर भट्टराईले प्रतिनिधी सभाकालागी दिनु भएको आफनो उम्मेदवारी फिर्ता लिनु भएको छ । त्यस्तै स्वतन्त्र बाट प्रदेस सभा क्षेत्र नं १ का लागी दर्ता गर्नु भएको रोमाहर्स खनालले पनि आफनो उम्मेदवारी फिर्ता लिनु भएको छ ।
जील्लामा क्रियासिल १० पार्टीबाट गत कार्तिक १६ गते २२ जनाले प्रतिनिधी सभा र प्रदेश सभाका लागी आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । प्रतिनिधी सभाका लागी ७ जना, प्रदेश सभा क्षेत्र नं १ मा ६ जना र २ मा ७ जनाको अन्तिम नामावली मुख्य निर्वाचन कार्यालयले प्रकाशित गरेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७४ सोमबार ००:००  १ : ४९ बजे