७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

दाङमा कोमल वली सहित आठ जनाको उम्मेदवारी फिर्ता



दाङ, २० कात्तिक ।
प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि दाङमा उम्मेदवारी दिएका आठ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । चार जना पार्टीका र चार स्वतन्त्र गरी आठ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचनको कार्यालय दाङले जनाएको छ ।
निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (२) बाट सदस्यका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गर्नुभएका जगनारायण चौधरी, क्षेत्र नम्बर २ को प्रदेशसभा (१) बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का उम्मेदवार ईश्वरीप्रसाद शर्मा र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी) का रामबहादुर भण्डारी क्षेत्रीले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
त्यसैगरी क्षेत्र नम्बर ३ बाट कोमल वली, क्षेत्र नम्बर ३ को प्रदेशसभा (१) बाट स्वतन्त्र रुपमा उमेदवारी दर्ता गराएका कुवेरबहादुर वली र राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिभक्त भण्डारी, क्षेत्र नम्बर ३ को प्रदेशसभा (२) बाट स्वतन्त्र उमेदवारी दर्ता गराएका गेदलाल भण्डारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपाल रावले उमेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २० कार्तिक २०७४ सोमबार ००:००  १ : ५० बजे