१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

रुपन्देहीमा १० जनाको उम्मेदवारी फिर्ता



भुवन पाण्डे, भैरहवा, २० कार्तिक ।
रुपन्देहीमा उम्मेदवार मनोनयन दर्ता गराएका १० जनाले नाम फिर्ता लिएका छन् । फिर्ता लिनेमा ४ जना स्वतन्त्र हुन् भने ६ जना दलीय उम्मेदवार हुन् । १० जना फिर्ताभएसंगै अब मंसिर २१ मा हुने प्रदेश र प्रतिनिधि सभामा २ सय ३८ जनाले चुनावी प्रतिश्पर्धा गर्ने जिल्ला निर्वाचन अधिकृत नरेश्वर भण्डारीले बताउनुभयो ।

रुपन्देहीमा ठूला दल बाम गठबन्दन र लोकतान्त्रीक गठबन्दन बनाएर चुनावमा होमिएका छन् । दुवै गठबन्दनबाट असन्तुष्ठ भएर दल निकटका २० जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । ५ निर्वाचन क्षेत्र र १० प्रदेश सभा रहेको रुपन्देहीमा २३ दलले चुनावमा भाग लिएका छन् । उनीहरुलाई ५ लाख २२ हजार ६ सय २ जना मतदाताले मतदान गर्नेछन् ।

प्रकाशित मिति : २० कार्तिक २०७४ सोमबार ००:००  १ : ५३ बजे