३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

चुनाव नसकिए सम्म विकास निमार्णका काम नगर्न आदेश



दाङ, ९ मंसिर ।
मंसिर २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा आचार सहिंता उल्लंघनको उजुरी आउने थालेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दाङमा विकास निर्माणका कुनै पनि काम नगर्न निर्देशन गरेको छ ।
चुनावलाई प्रभावित पार्ने गरी विकास निर्माणका काम भइरहेको भन्ने उजुरी आएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दाङका दश वटै स्थानीय तहलाई विकास निर्माणका काम नगर्न निर्देशन गरिएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावतले जानकारी दिनुभयो ।
मुख्य निर्वाचन अधिकृत रावतका प्रक्रियामा रहेका बाहेक अन्य सवै विकास निर्माणका काम चुनाव सम्पन्न नहुँदासम्मका लागि रोक्न निर्देशन गरिएको हो ।
चुनावको मिति नजिकिदै जाँदा दाङमा चुनावी चहल पहल बढदै गएको छ । जिल्लाका एक सय ५१ मतदान स्थलका ३ सय ९४ मतदान केन्द्रका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत छनौट भैसकेका छन् ।
सहायक स्तरका कर्मचारी छनौट जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । छनौट भएका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि १० गतेदेखि १३ गतेसम्म तालिम सञ्चालन गर्ने कार्यसूचि तयार गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७४ शनिबार ००:००  २ : ५३ बजे