२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

रसुवाका सबै मतपेटिका सदरमुकाम ल्याइयो



रसुवा, मंसिर ११ ।

रसुवाको सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम आइपुगेको छ । आइतबार भएको प्रतिनिधि र प्रदेशसभा चुनावमा मतदान सकिए लगत्तै मतपेटिका ओसार्ने काम सुरु भएको थियो ।

४४ ओटा मतदान केन्द्रबाट आइतबार राति नै मतपेटिका ल्याइएको थियो । सदरमुकामबाट दुई दिनको पैदल यात्रा लाग्ने लाङटाङबाट सोमबार बिहान हेलिकप्टर मार्फत मतपेटिका सदरमुकाम ल्याइएको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताउनुभयो ।

मतदान केन्द्रबाट आइपुगेका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको उच्च निगरानीमा मतपेटिका राखिने बताइएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७४ सोमबार ००:००  ४ : ०९ बजे