७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

सोलुखुम्बुमा भोट दिएर फर्किएका एकजनाको लडेर मृत्यु



सोलुखुम्बु, मङ्सिर ११ । सोलुखुम्बुमा लडेर एकजनाको ज्यान गएको छ । सोलुदूधकुण्ड नगरपालिका–५ ज्याङदिङका ६२ वर्षका दावा तामाङको आइतबार राति लडेर ज्यान गएको हो ।
तामाङको आइतबार जनजागृति मावि मतदान केन्द्रमा मतदान गरेर फर्कने क्रममा सदरमुकाम सल्लेरीको नयाँ बजार नजिकैको खोल्सामा लडेर ज्यान गएको हो ।
मतदान गर्नकै लागि सदरमुकाम आएका तामाङ मतदान पश्चात सदरमुकाम मै बसेर राति बाहिर निस्कँदा लडेको हुन सक्ने प्रहरीको अनुमान छ । तमाङलाई सोमबार बिहान ८ बजे स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित मिति : ११ मंसिर २०७४ सोमबार ००:००  ४ : ११ बजे