१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

प्रदेशसभा कुन प्रदेशमा कसको कति सिट ?



काठमाडौं, मंसिर २७ । नयाँ संविधानले तोकेको नयाँ संरचना अनुसार गणतन्त्र नेपालको पहिलो प्रतिनिधिसभा तथा प्रदेशसभा चुनवाको प्रत्यक्ष तर्फको अन्तिम नतिजा आएको छ । सुनसरी क्षेत्र नम्बर ३ मा बुधबार बिहान सकिएको मतगणनाबाट नेपाली कांग्रेसका विजयकुमार गच्छदार विजयी भएसँगै प्रत्यक्ष तर्फ सबै क्षेत्रको मतपरिणाम आएको हो ।

मंसिर १० र २१ गते गरी सात प्रदेशका प्रतिनिधिसभाका एक सय ६५ र प्रदेशसभाका ३ सय ३० निर्वाचन क्षेत्रमा चुनाव भएको हो । यो चुनावको मतपरिणा अनुसार प्रत्यक्ष तर्फ नेकपा एमाले सबै भन्दा ठूलो पार्टी बन्यो । सबै प्रदेशमा गरी प्रतिनिधिसभामा ८० सिट जितेको एमाले एक्लैले प्रत्यक्षमा बहुमत ल्याउनबाट तीन सिटमात्रै पर रह्यो ।

यस्तै वाम गठबन्धनको अर्को घटक नेकपा माओवादी केन्द्र ३६ सिटसहित दोस्रो तथा २३ सिट जितेको नेपाली कांग्रेस तेस्रो पार्टी बन्यो । यस्तै राजपाले ११, संघीय समाजवादी फोरम नेपालले १०, राप्रपा, नयाँ शक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र एक एक ठाउँमा विजयी भए ।

यस्तै प्रत्यक्ष तर्फ प्रदेशसभा तर्फ पनि एमाले नै पहिलो पार्टी बन्यो । सात प्रदेशमा गरी ३ सय ३० प्रदेशसभा सिट रहेकोमा एमालेले १ सय ६८ सिट जितेको छ । यस्तै माओवादीले ७३, नेपाली कांग्रेसले ४१, संघीय समाजवादी फोरम नेपालले २४, राजपाले १६, ३ स्वतन्त्र, नयाँ शक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले दुई दुई तथा मजदुर किसान पार्टीले एक सिट जितेको छ ।

प्रदेशसभास् कुन प्रदेशमा कुन पार्टीको कति सिट रु

प्रदेश नं। १

कुल सिटस् ५६
एमालेस् ३७
माओवादी केन्द्रस् १०
कांग्रेसस् ८
संघिय समाजवादी फोरमस् १
स्वतन्त्रस् १

प्रदेश नं। २

कुल सिटस् ६४
एमालेस् १४
माओवादी केन्द्रस् ६
राजपा नेपालस् १५
संघीय समाजादी फोरम नेपालस् २०
कांग्रेसस् ८
स्वतन्त्रस् १

प्रदेश नं। ३

कुल सिटस् ६६
एमालेस् ४३
माओवादीस् १४
कांग्रेसस् ७
नेपाल मजदुर किसान पार्टीस् १
नयाँ शक्तिस् १

प्रदेश नं। ४

कुल सिटीस् ३६
एमालेस् १६
माओवादी केन्द्रस् ९
कांग्रेसस् ६
स्वतन्त्रस् १
राष्ट्रिय जनमोर्चास् २

प्रदेश नं। ५

कुल सिटीस् ५२
एमालेस् २९
माओवादी केन्द्रस् १४
कांग्रेसस् ६
संघीय समाजवादी फोरम नेपालस् ३

प्रदेश नं। ६

कुल सिटस् २४
एमालेस् १४
माओवादी केन्द्रस् ९
कांग्रेसस् १

प्रदेश नं। ७

कुल सिटस् ३२
एमालेस् १७
माओवादी केन्द्रस् १०
कांग्रेसस् ४
राजपास् १

प्रकाशित मिति : २७ मंसिर २०७४ बुधबार ००:००  ७ : २५ बजे