४ बैशाख २०८१, मंगलबार | Wed Apr 17 2024

अबको युवा, विद्यार्थीको बहस



प्रदिप पोख्रेल ।
युवा उमेर वालअवस्था पछी र वृद्धअवस्था पूर्वको उमेर हो । आफ्ना अनुभब र सिकाइलाई व्यवस्थित गर्दै अघि बढ्नुपर्ने अवस्था युवाअवस्था हो । उत्पादनशील, सिर्जनशील हुनुपर्ने युवाहरुनै देशका “बोझ” बने भने मुलुक कसरी बनोस देशले कसरी समृद्धि हाशिल गरोस देशको स्वाभिमान र इज्जत कसरी माथि उठोस नेपालको सन्दर्भमा यो अत्यन्तै महत्वपूर्ण विषय हो ।
विश्वका जतिपनि एतिहासिक र चमत्कारिक आविष्कार छन, तिनमा युवाको प्रत्यक्ष सगंलग्नता छ । अझ यसो भनौ यूवाअवस्थामानै अभुतपूर्व सफलता मिलेको पाउछौ । सन् १८७९ मार्च १४ मा जन्मिएका अल्बर्ट आइन्स्टाइनले वैज्ञानिक सिद्धान्तहरुको प्रकाशन शुरु सन् १९०५ बाटै गरे । २६ वर्षको कलिलो उमेरमै ‘मिराकल इयर’ शुरु भयो । सन् १९१६ मा प्रख्यात पत्रिका एन्नालेन डेर फिजिकमा ‘ओरिजिन्स अफ द जेनेरल थ्योरी अफ रिलेटिभिटि’ प्रकाशित गरेपछि उनको चर्चा ‘क्लाइमेक्स’मा पुग्यो । सन् १९५३मा २५ वर्षको उमेरमै डाक्टर बन्नुभएको चेग्वेभाराकै कारण क्युवाली क्रान्तिको अन्तिम विजय सम्भव भयो । एलेक्जेंद्र द ग्रेट एक सफल मिलिटरी कमान्डर मानिन्छन । १६ वर्षकै कलिलो उमेरमै उनले आफ्नो पहिलो ‘कोलोनी’ पत्ता लगाए जसको नाम ‘एलेक्जेंद्रोपोलिस’ राखे । ३० वर्षको उमेरमै मार्क्सले उनका सहयोगी फ्रेडरिक एंगेल्ससंग मिलेर विश्व तरंगित गर्ने कम्युनिष्ट घोषणापत्र प्रकाशन गरे । सन् १९७३मा जन्मिएका सचिन तेन्दुलकरले ११ वर्षको उमेरबाटै क्रिकेट खेले । विश्वकै सबैभन्दा बढी रङ स्कोरर तेन्दुलकर ‘गड अफ क्रिकेट’ भनेर चिनिन्छन । १८ वर्षकै उमेरमा स्विडेनको विश्वकप फुटवलबाट पेलेले व्यापक प्रशंसा बटुले । १७ वर्षको उमेरमै मालाला युसुफजाईले नोवेल शान्ति पुरस्कार प्राप्त गरिन । विश्व इतिहासमा युवाको अतुलनीय योगदान देखिन्छ समाज र राष्ट्रका प्रति ।
नेपालको इतिहास पनि युवाको इतिहासले जाज्वल्यमान इतिहास हो । वि.स.१९८३ र २०१० सम्म जम्मा २७ वर्ष वाचेका भीमदत्त पन्त सुदूरपश्चिममा शोषक र सामन्त विरुद्ध आजीवन लडे । ३६ वर्षको उमेरमा २००७ सालको क्रान्तिको नायक वि.पी कोइरालाले युवाअवस्थामा प्रजातन्त्रको लडाइको नेत्रित्व गरे । ४० वर्षको उमेरमा २०४९मा मदन भण्डारीले कम्युनिष्ट पार्टीको लोकतान्त्रिकरणको नया आयाम थपे । नारायणगोपाल सानै उमेरबाट गाउथे । स्वरसम्राट भनेर चिनिने उनका गित अहिले पनि जीवन्त छन । यूवावास्थाबाटै साहित्यमा सक्रिय देवकोटा ‘महाकवी’ बने. ७५ वर्ष पहिले पूर्वी पहाडमा योगमायाले थालेको शान्तिपुर्ण विद्रोहको इतिहास अहिले पनि प्रेरणाको स्रोत बनिरहेको छ । जतिपनि इतिहास रचिएका छन् टि सबै युवाअवस्थामा रचिएका छन् भन्दा अतिशयोक्ति नहोला ।
इतिहासलाई दुत्कारेर वा इतिहासको जयजयकार गरेर मात्रै हाम्रो युगिन दायित्व पुरा हुदैन । इतिहासकै यस्ता राम्रा उदाहरण मानव सभ्यताकै गहना हुन्. युवाहरुको समायुनुकुलचिन्तन नै वर्तमानको आवश्यकता हो । राष्ट्रको आवश्यकता हो. देशले सास फेरिरहेका निर्जीव जमात भोगिरहेको आभाष मिल्छ वेलावखत । यसको अर्थ युवाहरु शुषुप्त भए, सेलाए । आफ्ना अगाडीका तमाम अन्धविश्वास,कुरीति,कुसस्कार एवम जडताप्रति आखा चिम्लिएर त्यसको संरक्षक जस्तो बनेका छन् युवाहरु । अझ यसरि हेरौ हाम्रो राजनैतिक सस्कार र आचरण यति घिनलाग्दो भयो कि पूर्वीय दर्शनका हिमायती हामीहरु विकृत पश्मिमा सस्कृतिको भारि बोक्दै ठिक्क छ. । अहिलेको राजनैतिक परिपाटीले युवालाई मान्छे कम अपराधि ज्यादा, सदाचारी र नैतिकवान कम भ्रष्टाचारि र दलाल ज्यादा, कर्तव्यनिष्ठ काँ अहंकारी ज्यादा बनाएको छ । राष्ट्रलाई प्रधान ठान्ने र राष्ट्रिय चिन्तन लिएर अघि बढ्ने भन्ने त यी दलाल पार्टीहरुले गर्दैनन् नै । देशले आश गरिरहेको उर्जाशील युवापंक्तिलाई समेत अराष्ट्रिय एजेन्डाको भारि बोक्ने भरिया बनाएका छन ।
अहिलेको युवा ( विध्यार्थी संगठन एउटा दलाल, भ्रष्ट र अपराधिक झुण्ड बाहेक केहि पनि होइन । म जुन माटोमा जन्मिए, त्यो माटोको म ऋणी छु र मैले नै यो माटोलाई हराभरा पार्ने हो भन्ने पुर्ख्यौली चिन्तन समेत युवाले नामेट पार्दैछन । जसरि हुन्छ पैसा कमाउनुछ र मोजमस्ती गर्नुछ भन्ने आडम्बरी चिन्तनका कारण समाज अनेकन समस्याको भुमरीमा छ । गिटिबालुवा तस्करी,काठ तस्करी,ठेक्का पट्टाको खिचातानी,लागुऔषध सेवन र कारोवार, मनोमानी चन्दा असुली, अपहरण, धाकधम्कि,लुटपाटजस्ता समस्या यिनै युवा(विध्यार्थी संगठनकै कारण दिनानुदिन बढ्दै छ । पार्टीका नेता खुलेआम राज्यस्थरमा आतंक मच्याउछ भने यता युवा(विध्यार्थी संगठन त्यसकै आडमा आफ्नो धन्दा चालाउछ । यसरि विकृत अर्थ(राजनैतिक पृष्ठभुमिबाट माथि उठेर समाज र राष्ट्रको लागि काम गर्ने जनहितकारी विध्यार्थी संगठन बनाउन आवश्यक छ । यो अपरिहार्य आवश्यकता हो र यसको ढिलाई दलाल(भ्रष्ट तन्त्रको आयु लम्ब्याउने काम मात्र हो । यसर्थ अबको युवा विध्यार्थी संगठन कस्तो हुने ? उनीहरुको जिम्मेवारी के रहने ? मुल्यांकनको आधार के रहने जस्ता यावत प्रश्नको जवाफ सैद्धान्तिक रुपले प्रष्ट सांगठनिक शक्ति अर्थात अबको युवा संगठनले दिन ुपर्दछ ।
विध्यार्थीको वृहत भेला आयोजना गरिने छ । ठाउ ठाउबाट हरेक क्षेत्र,जात,लिङ्ग,समुदायका विध्यार्थीको प्रतिनिधित्व हुनेछ । भेलामा छलफल गर्ने एजेन्डामाथि देशव्यापी वहस सिर्जना गरिनेछ । विध्यार्थी संगठनको निश्चित विभागले सो विभागका जिम्मेवारीलाई समयाअनुकुल परिष्कृत र परिमार्जन गर्दै अगाडि बढ्नेछन । मानौ कृषि विभागका कार्यमाथि छलफल छ । त्यसको नेतृत्व कृषिमा विशेस रुची र ज्ञानभएको गर्नेछन । यसमा योग्यतालाई समेत ख्याल गरिनेछ । मानौ वि.एस.सी.एजी वा एम.एस.सी.एजी गरेकोले गर्नेछन । यसो हुदा कृषि सम्बन्धित आधारभूत सैद्धान्तिक ज्ञान उनिमा बढी हुनेछ र उनको प्रयासले झन्झन् सफलताको ढोका खोल्ने छ । आफ्नो विभागका मानौ सय जनालाई मौरी पालन, भैसीपालन, बाख्रापालन, धान, मकै, तोरी, जौ, भटमास, कोदो, फापर, आदिकोखेति, कागती, खुर्सानी, अदुवा, मेवा, लिची, आँप, सुन्तला, स्याउ आदिको उत्पादनबारे वान(टु(वान विज्ञ बनाउन उत्प्रेरित गर्नेगरि नियमित प्रशिक्षण कार्यक्रम संचालन गरिनेछ.युवा(विध्यार्थी अनिवार्य उत्पादनमा जोडिने कुराको ग्यारेन्टी गरिने छ । यसो हुदा मेहनत गरि कमाएको पैसाको सदुपयोग हुन्छ, देशको पराश्रयता घट्छ, अपराध न्यून हुन्छ, सामाजिक एकता बलियो हुन्छ, दलाली र भ्रष्टतन्त्र त्याज्य हुन्छ । यसरि एउटा कृषि विभागले देशलाई चाहिने योग्य जनशक्ति निर्माण गर्दै जान्छ । यस्तै आ(आफ्ना क्षेत्रमा हरेक विभागले उत्कृष्ट गर्नेछन । देश बनाउने आधार यहि हो । गफका चांगले मुलुक बन्दैन ।
अहिले यति विघ्न छाडापन छ कि मान्छेले मुल्य, मान्यता, आदर्श, नैतिकता, इमानदारिता सबैलाई “वाइयात” ठान्छ.जसरि हुन्छ ‘आफु’ बन्ने ढोगी चिन्तन मौलाएको छ । समाजका विकृतिको सिकार स्वयं व्यक्ति भएको छ भन्ने उसले बुझ्न सकेन । कुनै ववुरो व्यक्ति त् उपभोक्ताबादी (कन्ज्युमेरिस्म) सस्कृतिको सिकार भएको छ र विचरा उ बोल्ने भाषा पश्चिमी बजारले निर्माण गरेको विज्ञापनको सारबाट ग्रसित छ.यस्तो अवस्थामा आफुले नै उत्पादन गर्ने र आफ्नो उत्पादनप्रति गर्व गर्ने युवा जमात आवश्यक छ । इतिहास देखिका मूल्यमान्यता र परम्पराको परिष्कृत र परिमार्जित शैलीको विकास आवश्यक छ । युवा र विध्यार्थी समाज र राष्ट्रका एक एक एजेन्डाप्रति चिन्तन गर्ने, बहस गर्ने र निष्कर्ष सहित व्यवहारमा उतार्ने ठोस कार्ययोजनाका साथ अगाडी बढ्नुपर्छ. यसो मात्र भयो भने ५ देखि १० वर्षमा मुलुक कायापलट हुन्छ । अब विध्यार्थी नेताका परिभाषित जिम्मेवारी हुनेछन । हिजोसम्म अनुत्पादक गतिविधिमा समय बर्बाद गरेका युवाहरुले अब भने आफ्नो आफ्नो चिन्तन्लाई बलियो बनाउनु पर्दछ. हिजोसम्म स्नातक तहका विद्यार्थीको भर्ना फर्म भर्ने र भर्ना गरिदिने फुर्स्दिला ‘एजेन्ट’का रुपमा विध्यार्थी नेता थिए । यो भन्दा लाजलाग्दो कुरा के हुन सक्छ ? के स्त्नाताक तहमा भर्ना हुन आएको कुनै विध्यार्थीले स्वयमं आफ्नो फर्म आफै भर्न सक्दैन ? अवश्य सक्छ.सक्नुपर्दछ.त्यसको निम्ति प्रशासनले ‘सुचना डेस्क’ तयार गर्न सक्छ या एउटा नागरिक वडापत्र क्याम्पसले राख्न सक्छ.यसो हुदा दर्जनौ ‘स्व (घोषित’ विध्यार्थी नेताले छुटकारा पाउछन र अन्य गतिविधिमा लाग्न सक्छन । अहिलेका विध्यार्थी संगठनका आन्दोलन ‘सम्झौता’मा तुहिन्छन । निजि क्षेत्रमा चर्को मुल्यवृद्धि विरोधी आन्दोलन गर्न ताला पड्काएका नेताहरु अन्तत रसिलो मुख बनाउदै जिब्रो पड्काउदै बाहिर निश्कंछन । भागभण्डामा कुरो नमिल्दा यस्ता विषय उनैले बाहिर ल्याउछन । पेट्रोलियम पदार्थको मुल्यवृद्धि १ रुपैया हुदा देवीलाल पौडेलले सहादत प्राप्त गरे तर आयल निगमले जग्गा खरिदमा अर्वौ भ्रष्टाचार गर्दा आन्दोलनको आधीवेहरी किन सिर्जना गरिएन ? यसको अर्थ स्वार्थि अपराधीले सहिद देवीलाललाई वलीको वोको बनाए र आफु भने बार्गे्निंगमा कमिशनको दौडमा रमाइरहे । एनसेलले अर्वौ कर छली गर्दा मौन हुने जमात ठुलो छ । भारतीय एसएसविले कन्चनपुरमा गोविन्द गौतमलाई गोलि प्रहार गरेको विषयमा केहि संगठन मुखमा भोल्टे ताल्चा लगाएर बसे । केहिले देखावटी गरे र निष्कर्ष विना त्यसै छाडे । यी त् प्रतिनिधि घटना हुन । सारमा अहिलेका युवा विध्यार्थी संगठन पुरापुर असफल भैसके ।
अबको संगठन अहिलेका तमाम विकृति विरुद्ध उभिनेछ । युवाहरुमा नविन आशा संचार गर्ने । ४० लाख बढी विदेशिएका युवाको मुल्य यहि माटोमा खोज्नेछ । राष्ट्रप्रति जिम्मेवार बन्नेछ । आफ्नो सस्कृतिको रक्षा गर्नेछ । हाम्रो युवा दाजुभाइले अरवको खाडीलाई मलोलो बनाउनुभो,हाम्रो मलिलो माटो खाडी हुनबाट जोगाउन अब लाग्नुपर्छ.सम्भावनाको सगरमाथाबारे विश्व परिचित छ तर हामि युवा र विध्यार्थी संगठनलाई ‘झोले’, अल्लारे’ संगठन बनायौ.अब डाइनामिक हुनुपर्छ । अर्थात् हाम्रा एक एक गतिविधि उत्पादनशील, सिर्जनशील हुनेछन । अबका दिन हाम्रा राम्रा दिन हुनेछन । अबको समयको नेतृत्व सचेत र संगठित युवा बलले गर्नेछ । अबको युवा–विद्यार्थी संगठनको बहसले ३ करोड नेपालीका ६ करोड आखामा चमक ल्याउनेछ । बहसको आधिवेहरी सिर्जना गरौ ।

 

प्रकाशित मिति : ३ माघ २०७४ बुधबार ००:००  ५ : ०० बजे