६ असार २०८३, शनिबार | Sun Jun 21 2026

लुम्बिनी क्षेत्रको विकास उच्च प्राथमिकतामा



मायादेवी अनलाइन, रुपन्देही ।
लुम्बिनी क्षेत्रको दिगो विकासका लागि प्रदेश नं ५ का सरकारले उच्च प्राथमिकता दिएको छ । प्रदेश सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा लुम्बिनी क्षेत्रको दिगो विकास तथा बुद्धसँग सम्बन्धित पुरातात्विक महत्वलाई उजागर गर्ने विषयलाई पहिलो प्राथमिकतामा राखिएको सो प्रदेशका भौतिक योजना तथा पूर्वाधारमन्त्री एवं सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनुभयो ।
रुपन्देही, नवलपरासी, कपिलवस्तु जिल्ला बुद्धभूमि लुम्बिनीसँग सम्बन्धित क्षेत्र हुन । यस क्षेत्रलाई पर्यटकीय आर्कषणको रुपमा लिइन्छ ।
त्यस्तै प्यूठानको स्वर्गद्ववारीलाई धार्मिक पर्यटकको रुपमा विकास गर्न र त्यस क्षेत्रमा पर्यटकीय आर्कषण बढाउन कदम चालिने मन्त्री चौधरीले बताउनुभयो ।
छ जिल्ला पहाड र छ जिल्ला तराई भएको प्रदेश नं. ५ मा जातीय सद्भाव कायम राख्न जोड दिइने बताउँदै मन्त्री चौधरीले विकासमार्फत सामाजिक सद्भाव कायम हुने धारणा राख्नुभयो ।
यस बाहेक हाइड्रोपावरको प्रशस्त सम्भावना रहेको र त्यसबाट बिजुली उत्पादन गर्न सकिने बताउँदै उहाँले प्रदेश नं. ५ औद्योगिक हब पनि हो, त्यसै अनुरुप यहाँ विकासका संरचना बनाईन्छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७४ शनिबार ००:००  २ : ४५ बजे