६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

आत्महत्याका घटना डरलाग्दो तरिकाले बढ्दो



मायादेवी अनलाइन, तुलसीपुर ।
दाङमा पछिल्लो समययता आत्महत्याका घटना वृद्धि भएपछि यसलाई न्यूनीकरण गर्न सबैको चासो र चिन्ता बढेको छ ।

पछिल्लो तीन वर्षको अवधिमा जिल्लामा आत्महत्याका कारण ६२० जनाको मृत्यु भएकामा ४९.५२ प्रतिशत पुरुष र ४६.९३ प्रतिशत महिला रहेको जिल्ला प्रहरी प्रमुख दुर्गासिंहले जानकारी दिनुभयो ।

सबै भन्दा बढी झुण्डिएर आत्महत्या गर्नेको संख्या ६३.६ प्रतिशत रहेको छ भने विष सेवन गरेर ३६.१३ आफैमाथि आगो लगाएर, गोली हानेर, हामफालेर मर्नेको संख्या ३.५५ प्रतिशत छ ।

यस वर्षको फागुन महिनासम्ममा १८६ जनाले आत्महत्या गरेका छन् । जिल्लामा बढ्दो आत्महत्याका घटनालाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर तुलसीपुरमा सामुदायिक प्रहरी सेवा केन्द्रले जिल्लाका सरोकारवाला निकायसंग आयोजना गरेको अन्तक्र्रियात्मक जनचेतनामूलक कार्यक्रममा सहभागी वक्ताले पछिल्लो समयमा आत्महत्या बढदै गएकोप्रति चिन्ता समेत व्यक्त गरेका छन् । उनीहरूले व्यक्तिको उच्च महत्वकांक्षा र विभिन्न कारणले मानसिक तनाब भएर धेरैजसोले आत्महत्या गर्ने गरेको बताएका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०७४ शुक्रबार ००:००  १ : ५६ बजे