६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

वडा अध्यक्षलाई पुलको सिमेन्ट चोरेको अरोप !



मायादेवी अनलाइन, नवलपरासी ।
नवलपरासीको कावासोतीमा निर्माणाधिन पुलबाट जनप्रतिनिधिकै संलग्नतामा सिमेन्ट चोरी भएको छ । कावासोती नगरपालिका वडा नम्बर १ र देवचुली नगरपालिका वडा नम्बर ९ जोडने गरी निर्माणाधिन लोकाहाको भोटीखोला पुलको सिमेन्ट वडा अध्यक्षकै संलग्नतामा चोरी भएको हो ।

पुल निर्माणका लागि राखिएको ९० बोरा सिमेन्ट कावासोती नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष नारायण पन्तकोे संलग्नतामा पुल निर्माणमा खटिएका सुपरभाइजर गोपाल थापासहितका व्यक्तिले मिलेमतो गरी चोरी गरे पछि स्थानीयसमेत आक्रोशित बनेका छन् । पुल निर्माणकै क्रममा सिमेन्ट चोरी भएपछि पुल निर्माणको कार्यसमेत प्रभावित भएको छ ।

सिमेन्ट चोरी भएको थाहा पाएपछि कावासोती १ र देवचुली ९ का स्थानीय उपभोक्तासहित सरोकारवालाहरुको भेला समेत बसेको थियो । भेलामा बोल्ने क्रममा स्थानीयले वडा अध्यक्षले नियतवश रुपमा योजना बनाएर सिमेन्ट बेचर भ्रष्टाचार गर्न खोजेको आरोप लगाएका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०७४ शनिबार ००:००  १ : ४६ बजे