४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

गुल्मी महोत्सवमा दर्शकको घुइँचो



शिवलाल सुवेदी, गुल्मी ।
गुल्मी उद्योग वाणिञ्य सघंको आयोजनामा सदरमुकाम तम्घासमा जारि तेस्रो गुल्मी महोत्सव तथा कृषि, पर्यटन, व्यापार एवं औधोगिक मेला—२०७४ मा दर्शकहरुको चाप बढेको छ । शुक्रवारदेखि जारी महोत्सवको आईतवार तेस्रो दिन दर्शकहरुको चाप बढेको महोत्सव मुल आयोजक समितीले जानकारी दिएको छ ।
“गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास” भन्ने नारासहित तम्घासमा जारी महोत्सवमा आईतवार हेमन्त शर्मा, मञ्जु पौडेल लगायतका राष्ट्रिय स्तरका खाती प्राप्त कलाकारहरुको उपस्थितीले दर्शकको चापँ बढी भएको आयोजकले अनुमान गरेको छ । आइृतवारदेखि हेलीकप्टरवाट गुल्मीका धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन गर्न पाउने ब्यवस्था मिलाइएकाले पनि दर्शकको सख्या बढेको हो । आयोजकका अनुसार प्रत्येक दिन दर्शकको सख्या बढ्दै गएको छ । तेस्रो गुल्मी महोत्सव तथा कृषि, पर्यटन, व्यापार एवं औधोगिक मेला हेर्नका लागि गुल्मी लगायत छिमेकी जिल्ला अर्घाखाची, वाग्लुङ्ग, पर्वत र प्युठान लगायतका जिल्लाहरुवाट दर्शकहरु आएका छन । आईतवार दर्शकहरुको बढी चापँ भएकाले आयोजकलाई ब्यवस्थापन गर्नका लागि हम्मे हम्मे भएको थियो । वाणिञ्य सघं गुल्मीले गुल्मीमा लुकेर रहेका कला, कौशल, सीप र संस्कृतिको संरक्षण, सम्वर्धन र विकास गर्ने, स्थानीय कृषि तथा साना कुटिर उद्योगहरुका उत्पादनहरुको बजारीकरण गर्ने र ऐतिहासिक, पौराणीक, धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रवर्धन र प्रचार—प्रसार गर्ने उद्देश्यले केही वर्षदेखिे महोत्सवको अयोजना गदै आएको छ ।
महोत्सवको मुख्यस्थल महेन्द्र माध्यमिक बिद्यालयमा स्टेज र चिदीचौरमा विभिन्न खाने कुरा, लत्ताकपडा, बाल उद्यान महोत्सवको आकर्षण रहेको छ । महोत्सवको आकर्षणका रुपमा लोपोन्मुख तथा पौराणिक पहिचान झल्काउने विभिन्न झाँकी, स्थानीय बाजागाजा तथा लोकनृत्य, प्रथम रम्वा दोहोरी प्रतियोगिता, स्थानीय उत्पादनवाट निमार्ण भएका वस्तु, लोपोन्मुख ढिकी जातो, कोल,कृषिजन्य पदार्थको प्रदर्शनी, विभिन्न मनोरन्जनात्मक कार्यक्रम, हस्तकला प्रदर्शनी, बालउद्यान रहनेछन् । मेलामा फलफूल, माछा, सुन्तला, मह, घ्यू, डेरीवाट उत्पादित बस्तुहरु, घरेलु उत्पादन प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् । तेस्रो गुल्मी महोत्सवमा झन्डै १५ करोड रुपैयाँ कारोबार हुने आयोजकको अनुमान रहेको छ भने डेढ लाख दर्शकहरुले मेलाको अवलोकन गर्ने छन । महोत्सव चैत्र २५ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७४ सोमबार ००:००  ३ : २९ बजे