६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

सिमेन्ट चोरीको विषयमा अनुसन्धान गर्न छानबिन समिति



मायादेवी अनलाइन, नवलपरासी ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१ स्थित लोकाहा खोलाको पुलबाट सिमेन्ट चोरी भएको विषयको बारेमा अनुसन्धान गर्नका लागि कावासोती नगरपालिकाले छानबिन समिति गठन गरेको छ ।

कावासोती नगरपालिका अन्तर्गत रहेको सुशासन समितिका संयोजक छविलाल महतोको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिको सदस्यमा आनन्द श्रेष्ठ र शिवप्रसाद पाण्डे रहनुभएको छ । समितिले तीन दिनभित्र घटनाको विषयमा छानबिन गरी नगरप्रमुख समक्ष प्रतिवेदन पेश गर्नेछ ।

समितिले घटनासँग सम्बन्धित सरोकारवाला व्यक्ति, स्थानीय लगायत सँग सोधपुछ गरिसकेको संयोजक महतोले बताउनुभयो ।

प्रकाशित मिति : २१ चैत्र २०७४ बुधबार ००:००  २ : ३२ बजे