२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

दाङवाट सिधा लखनउ सम्म एसी बस



मायादेवी अनलाइन, दाङ ।
दाङबाट अब भारतको लखनउसम्म सिधा वस संचालन हुने भएको छ । राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिले लामो छलफल र प्रयास पछि त्यहाँ स्थित उत्तर प्रदेश राज्य सडक परिवहन निगमसंग दुई देशिय मैत्रिपूर्ण यातायात संचालन गर्ने सम्वन्धमा सम्झौता गर्न सफल भएको हो ।
सम्झौता भएसंगै अवको केहि दिनमा दाङबाट सिधा लखनउका लागि गाडि संचालनको तयारी गरिएको छ । भारतीय दुतावास र नेपाली दुतावासबाट रुट परमिट लिएपछि गाडि संचालन हुनेछन् ।
एसि तथा डिलक्स वसहरु लखनउ सिधा संचालन हुने भएपछि स्थानियहरुले खुसी व्यक्त गरेका छन् । अधिकाशं नेपालीहरु स्वास्थ्य उपचारका लागि लखनउ जाने गरेका छन् । मंगलवार राप्ती समितिका पदाधिकारी र त्यहाँ स्थित उत्तर प्रदेश राज्य सडक परीवहन विच लिखित सम्झौता गरिएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७४ बिहिबार ००:००  ३ : ३६ बजे