२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

बौद्धिक सम्पत्ति चोरी प्रति सरोकारवाला चिन्तित



मायादेवी अनलाइन, रुपन्देही ।
सरोकारवालाहरुले बौद्धिक सम्पत्ति चारी गर्ने कानुनी दायरामा नआएकोमा चिन्ता व्यक्त गरेका छन् । भैरहवामा आज भएको अन्तक्रियामा सम्पत्ति चोरी गर्नेलाई नियन्त्रण, मुद्धा कारवाहीका विष्षमया छलफल भएको हो ।
जिल्ला प्रशासन कार्यालय रुपन्देही, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रतिनिधि, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय र बुद्धिजिवीहरु सहभागि कार्यक्रममा नेपालमा प्रतिलिपि अधिकार संरक्षण चुनौती र भावी कार्य दिशाको बारेमा नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयका रजिष्ट्रार राजेन्द्र सिग्लले कार्य पत्र प्रस्तुत गर्नुभएको थियो ।
उहाले मानव मनमस्तिष्कको सिर्जना बौद्धिक सम्पत्ति हुने भन्दै बौद्धिक सम्पत्ति अधिकार नेपालको संविधान २०७२ को धारा २५ मा समावेश भएबमोजिम कारवाही हुने बताउनुभएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७४ बिहिबार ००:००  ३ : ३८ बजे