२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

श्रोत नखुलेको ४० लाख सहित दुईजना पक्राउ



मायादेवी अनलाइन, रुपन्देही ।
श्रोत नखुलेको ४० लाख रुपैयाँसहित रुपन्देही प्रहरीले २ जनालाई पक्राउ गरेको छ । सिद्धार्थनगरका धनबन्तकुमार अग्रवाल र लु २२ प ३८७१ नम्बरको स्कुटीका चालक दिपककुमार मल्लिकलाई प्रहरीले पक्राउ गरेको हो ।
नेपाल भारत सिमा क्षेत्र बेलहियाबाट स्कुटीमा भैरहवा आउँदै गरेका मल्लिकले चलाएको स्कुटी भित्र ४० लाख ३८ हजार रुपैयाँ र एसबीआई बैङकको ३० हजारको चेक प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका मल्लिक र अग्रवाललाई प्रहरीले पैसासहित सम्पती सुद्धिकरण अनुसन्धान विभागमा पठाएको रुपन्देहीका प्रहरी प्रवक्ता डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २३ चैत्र २०७४ शुक्रबार ००:००  २ : ५३ बजे