२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

सर्पले बाटो छेकेर मोटरसाइकलमा बसेपछि…



मायादेवी अनलाइन, दाङ ।
सल्यानको कपुरकोटमा मोटरसाइकलमा सर्प बसेपछि नाग देवता भन्दै पूजा र दर्शन गर्नेहरुको घुईंचो लागेको छ ।
मंगलबार बेलुकी ७ बजेतिर मोटरसाइकलमा कपुरकोटबाट पाखापानी जाँदा बाटोमा सर्पले बाटो छेकेको र रोकेर झरेपछि सर्प मोटरसाइकलमा बसेको पाखापानीका खिमेन्द्र सेनले बताउनुभयो ।
सर्पले बाटो छेकेपछि मोटरसाइकल रोकेर आफूले अरुलाई बोलाएको सेनको भनाई छ । सेनले खबर गरेपछि रेडियो कपुरकोटका स्टेशन मेनेजर सन्तोष घर्ती र कपुरकोट बजार व्यवस्थापन समितीका अध्यक्ष रुपक बुढा त्यहाँ पुगेका थिए । शुरुमा यस घटनालाई सामान्य रुपमा लिइएको थियो । त्यसपछि सर्प सेनको ग ८ प ६८२९ नम्बरको मोटरसाइकलमाथि गयो र फेरि झ¥यो । त्यसपछि केही पर रोकिराखेको बजार व्यवस्थापन समितीका अध्यक्ष बुढाको रा ३ प २४११ नम्बरको मोटरसाइकलको सिटमुनी गएर बसेको छ ।
मोटरसाइकलमा बसेको सर्प हेर्न र पूजा गर्न अहिले पनि त्यहाँ घुईंचो लागेको स्थानीय डिलबहादुर बुढाथोकीले बताउनुभयो ।

प्रकाशित मिति : २९ चैत्र २०७४ बिहिबार ००:००  १ : ३४ बजे