२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

सेनाद्धारा शौचालय हस्तान्तरण



शिवलाल सुवेदी, गुल्मी ।
बिरभद्रजंग गुल्म धागिथुम ब्यारेकका नेपाली सेनाले शौचालय हस्तान्तरण गरेका छन । जिल्लाको रेसुङ्गा नगरपालिका ४ स्थित सेउघा निम्न माध्यमिक विद्यायल गुल्मीमा आफुहरुले निमार्ण गरेको अपाङ्गमैत्री शौचालय शुक्रवार एक कार्यक्रममा विच हस्तान्तरण गरेको हो ।
सेनाले उक्त बिद्यालयमा चार कोठे अपाङ्गमैत्री पक्की शौचालय निमार्ण सम्पन्न गरेको थियो । बिरभद्रजंग गुल्मको टोलीले करिव १ महिना लगाए ४ कोठे शौचालय केही सम अगािड निमार्ण गरिदिएको गुल्मपति जनमत कार्कीले बताए । हामीले बिद्यालयको अनुरोधमा जिल्ला शिक्षा कार्यालय गुल्मीको समन्वयमा शौचालय बनाएका हौ कार्कीले भने‘ नेपाली सेना सरदर दैनिक ११ जनाको दरले शौचालय बनाए पछि आज विद्यालयलाई हस्तान्तरण गरेका हौ ।’ निमार्ण सम्पन्न शौचालय सेउघा निम्न माध्यमिक बिद्यालयले शुक्रवार आयोजना गरेको कार्यक्रममा रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसाल र बिरभद्रजंग गुल्मका गुल्मपति जनमत कार्कीले बिद्यालय ब्यवस्थापन समितीलाई सयुक्त रुपमा हस्तान्तरण गरेका हुन ।
हस्तान्तरण कार्यक्रममा वोल्दै रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसालले नेपाली सेनाले सामाजिक कार्यमा देखाएको उदाहरणिय कामको प्रशंसा गरे । गुल्मीमा सेनाले पहिलेदेखि नै सामाजिक क्षेत्रमा विभिन्न कामहरु गदै आएको छ भुसालले भने‘ रकम अभाव रहेको वेला कसरी निमार्ण गर्ने चिन्तामा रहेको बिद्यालयलाई ठुलो गुन लगाएछ धन्यवाद ।’
बिद्यालय ब्यवस्थापन सतिमी अध्यक्ष हरिलाल पन्थीका अनुसार बिद्यालयमा शौचालय कसरी सम्पन्न गर्ने भन्ने चिन्तामा रहेको वेला नेपाली सेनाले शौचालय बनाइदिएपछि बिद्यालय परिवार खुसी भएको बताए । कसरी बनाउने होला भनेर चिन्ता लागेको थियो अध्यक्ष पन्थीले भने ‘ नयाँ बनाउ प्रयाप्त रकम नहुँदा सुरुवात नभएको शौचालय बिरभद्रजंग गुल्म धागिथुम ब्यारेकले शुरु गरेर छोटो समयमा शौचालय निमार्ण गरेर हामीलाई बुझायो ।’
शौचालय हस्तान्तरण कार्यक्रममा रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसाल, वडा नम्बर ४ का अध्यक्ष विजय मरासिनी, गुल्मपति जनमत कार्की, बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष हरिलाल पन्थी लगायत अन्य समितीका सदस्यहरु, स्थानीयवासीहरु, समाजसेवी बुद्धिजीवी, सर्वसाधारण, अभिभावकहरु ल्गायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १ बैशाख २०७५ शनिबार ००:००  ६ : ३२ बजे