५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

प्यूठान प्रहरीद्धारा घुम्ती सांस्कृतिक अभियान



मायादेवी अनलाइन, प्यूठान ।
हिंसा न्यूनीकरणका लागि जिल्लामा प्रहरीले साँस्कृतिक अभियान थालेको छ । प्यूठानलाई सभ्य, सुरक्षित र नेतृत्वसहितको समाज निर्माणका लागि प्रहरीले गाउँ–गाउँमा सांस्कृतिक अभियान थालेको हो ।

सडक नाटकमार्फत जनचेतनामुलक कार्यक्रम र अभियान थाल्दै आएको प्रहरीले यो पटक सांस्कृतिक कार्यक्रम गर्न थालेको हो । नागरिकहरुलाई मनोरञ्जनमार्फत सचेतना गराउने उद्धेश्यले यस्तो अभियान थालिएको प्यूठान प्रहरी प्रमुख राजेन्द्र पोख्रेलले बताउनुभयो । धेरै जनचेता मुलक कार्यक्रम भइसक्दा पनि हिंसाका घटनाहरु कम नभएको हुँदा अहिले सांस्कृतिक अभियान थालिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा बालविवाह, बहुविवाह, लैगिंक हिंसा, घरेलु मदिराको निरुत्साहितलगायत न्यूनीकरण गर्नको लागि घुम्ती सांस्कृतिक कार्यक्रम गरिएको हो । ग्रामीण क्षेत्रमा दिन प्रतिदिन वढ्दै गइरहेका विभिन्न प्रकृतिका हिंसाजन्य घटनाहरुलाई न्यूनिकरणमा साँस्कृतिक कार्यक्रम प्रभावकारी बन्ने प्रहरीको भनाइ छ ।

जनचेतना मुलक घुम्ती सांस्कृतिक कार्यक्रममा लागु औषध, मदिरा नियन्त्रण, गुन्डागर्दीलगायतका विषयहरुको नकरात्मक पक्षलले पार्ने असरका विषय कार्यक्रमले समेटेको छ ।

कार्यक्रममार्फत शान्ति सुरक्षाको वातावरण बनाउन नागरिक सहकार्य सृजना गर्न र प्रहरी प्रशासनले अख्तियार गरेको रणनीति बारेमा जानकारी गराउने कार्य भइरहेको छ । त्यस्तै, शान्ति सुरक्षा र अपराध न्यूनिकरणको लागि जन सहभागिता बढाउन कार्यक्रमको मुख्य भूमिका रहेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७५ मंगलबार ००:००  २ : ०५ बजे