२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

नवलपरासीबाट अख्तियारमा कूल १८२ वटा उजुरी



मायादेवी अनलाइन, नवलपरासी ।
चालु आर्थिक वर्षमा नवलपरासीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा १८२ वटा उजुरी परेको छ । आयोगका क्षेत्रीय प्रमुख दिनेश आचार्यका अनुसार यस जिल्लाबाट चालु आर्थिक वर्षको हाल सम्मको अवधिमा विभिन्न खालका का १८२ वटा उजुरी परेकामा सबैभन्दा धेरै (११० वटा) शिक्षा क्षेत्रका भएको प्रमुख आचार्यले बताउनुभयो ।

उजुरीमा शैक्षिक सामग्री खरीदमा अनियमितता, विद्यालयको एउटा शीर्षकको रकम अरू शीर्षकमा खर्च गरेकोे, विद्यालयको रकम व्यक्तिलाई ब्याजमा लगाउने गरेको लगायतका उजुरी परेको प्रमुख आचार्यले बताउनुभयो ।

प्रकाशित मिति : २७ बैशाख २०७५ बिहिबार ००:००  ४ : २२ बजे