६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

रुपन्देहीका दुई स्थानमा वम



मायादेवी अनलाइन, बुटवल ।
विप्लव नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्द सफल गराउन रूपन्देहीको बुटवल भैरहवा सडक खण्डमा र बुटवलको फूलबारीस्थित पेन्सन क्याम्प नजिकै शंकास्पद बस्तु राखेको फेला परेको छ ।
तिलोत्तमा नयाँमिल चोक नजिकै प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद बस्तु फेला परेको हो । नेपाली सेनाको वम डिसपोजल टोलीले उक्त वमको अहीले ११ वजेर ५५ मिनेटमा जादाँ डिस्पोज गरेको हो ।
बन्दका कारण आज प्रदेश नम्बर ५ मा फाट्टफुट्ट मात्रै सवारी चलेका छन । वन्दले जन जिवन प्रभावित भएको छ । प्रहरीले स्कटिगं गरि केही सवारी साधनलाई गन्तव्य तर्फ पुराउने गरेको छ । बन्दका कारण वजार, उद्योग कलकारखाना यातायात पुर्ण रुपमा अवरुद्ध रहेका छन । सडकमा बन्द कर्ता नदेखिए पनि बन्दको प्रभाव पुर्ण रुपमा परेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७५ आइतबार ००:००  ८ : ४५ बजे