६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

पाल्पामा बम विस्फोट, स्थानीय त्रसित



मायादेवी अनलाइन, पाल्पा ।
पाल्पामा आइतबार बिहान बम विस्फोट भएको छ । सदरमुकाम तानसेन नगरपालिका–५ कैलाश नगरस्थित श्रीनगरडाँडाको तल्लो भाग र बस्ती भन्दामाथि करीब ५ बजे बम विस्फोट हुँदा आएको ठूलो आवाजबाट स्थानीयवासी त्रसित भएका छन् ।
विस्फोटक पदार्थ के भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक विनोद घिमिरेले बताए । नजिकै भेटिएका टुक्रालाई आधार मान्दा प्रेसर कुकर बम हुनुपर्ने उनको अनुमान छ ।
विप्लव समुहको नेकपाले आह्वान गरेको नपाल बन्दका कारण देशका विभिन्न स्थान प्रभवित भएका छन् । यसअघि बुटवलमा प्रेसर कुकर बम भेटिएको छ । बन्दका कारण पाल्पाबाट छुट्ने लामो तथा छोटो सवारी साधन छुटेका छैनन् ।

प्रकाशित मिति : ३० बैशाख २०७५ आइतबार ००:००  ८ : ४८ बजे