६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

बुटवल–पाल्पा सडकखण्ड बन्द, दिउँसो ४ बजे खुल्ने



मायादेवी अनलाइन, पाल्पा ।
बुटवल–पाल्पा सडकखण्ड दिउँसो ४ बजेसम्मका लागि बन्द भएको छ । बुटवल पाल्पाको दोभान क्षेत्रमा बाटो मर्मतका लागि ४ बजेसम्म सडक बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । सामान्य वर्षा हुँदा समेत पहिरो जान थालेकाले गाडी बन्द गरेर नै पहिरो पन्छाउने र पर्खाल लगाउने काम गर्न थालिएको हो ।
दोभान र सिद्धबाबा मन्दिरबीचमा बिहीबार र शुक्रबार पनि पहिरोले सडक अवरुद्ध गरेको थियो । आज सडक बन्द भएपछि पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पा हुँदै गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्बत बागलुङ हिँडेका यात्रु तथा सवारी साधन अलपत्र परेका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०७५ शनिबार ००:००  ४ : २७ बजे