८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

दाङ प्रशासनको उदाहरणीय काम, शनिबार पनि खुला



दाङ ।
जिल्ला प्रशासन कार्यालय दाङले आजबाट शनिबार पनि सेवा प्रदान गरिरहेको छ । सेवाग्राहीको सहजताका लागि शनिबार पनि कार्यालयबाट प्रदान गरिएको र सबै सेवा दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रवहादर श्रेष्ठले बताउनुभयो ।

जागिरेहरुलाई बिदाको दिन सेवा लिन सहज हुने तथा शुक्रबार काम नसकिएका हरुलाई शनिबार त्यत्तिकै सदरमुकाम बस्नु पर्ने बाध्यताको अन्त्यका लागि शनिबार दिउँसो दुई बजेसम्म सेवा प्रदान गर्ने निर्णय गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

कार्यालयले जिल्लाका स्थानीय तहसँग पनि जनतालाई सहज सेवा दिने सम्बन्धमा समन्वय गरेरै निर्णय गरिएको जनाएको छ । दाङको जिल्ला प्रशासन कार्यालयले गएको वर्षको दसैँको बिदामा पनि सेवा प्रदान गरेको थियो ।

शनिबार पनि प्रशासन कार्यालय खुल्ने भएपछि स्थानीय तहबाट शुक्रबार सिफारिस लिएकाहरुलाई शनिबार बिदाको दिन सेवा लिन सहज भएको छ ।

 

प्रकाशित मिति : २ भदौ २०७५ शनिबार ००:००  ६ : ०३ बजे