६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

धादिङ र काभ्रेमा एम्बुलेन्स सेवा दिन कोरियामा कन्सर्ट गरिँदै



शिव भुसाल, दक्षिण कोरिया ।
धादिङ र काभ्रेमा एम्बुलेन्स पुर्याउन कोरियाको राजधानी सिओलमा कन्सर्ट गरिने भएको छ । जिल्लाका विकट स्थानमा एम्बुलेन्स पुर्याउन धादिङ समाज कोरिया र काभ्रे सम्पर्क समितीले आगामी सेप्टेम्बर २४ का दिन संयुक्त रुपमा वृहत लाईभ कन्सर्ट एवं सांगितीक कार्यक्रमको आयोजना गरेको धादिङ समाजका अध्यक्ष सन्तोष अधिकारिले जानकारी दिए ।
कोरियाको महान पर्व छुसकको अवसर पारेर आयोजना गरिएको कन्सर्टमा नेपालबाट आउने चर्चीत कलाकारहरुको प्रस्तुती रहने अधिकारिले बताए ।
कन्सर्टमा गायक दीपक बज्राचार्यको ‘रिदम ब्याण्ड’, गायीका पूर्णीमा लामा, बबिता बाँनिया ‘जेरी’, मोडल अञ्जली अधिकारी, हाँस्य कलाकार रक्षा श्रेष्ठ र राजा राजेन्द्र पोखरेल लगायतका कलाकारको प्रस्तुती रहने बताईएको छ ।
सिओल स्थित ‘यस २४ लाईभ हल’ मा हुने उक्त कन्सर्टमा सहभागी भै दिन कोरियामा रहेका सम्पुर्ण नेपालीलाई आयोजकले आग्रह गरेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७५ आइतबार ००:००  १२ : ०५ बजे