१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गुल्मीका महिलाले बुझाए सीडीओलाई ज्ञापनपत्र



गुल्मी ।
कञ्चनपुरको घटनाको विषयलाई लिएर सरकार प्रति ध्यानाकर्षण गराउँदै गुल्मीका महिलाहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
नेपाल महिला संघ गुल्मीले आइतबार गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा ज्ञापन पत्र पठाएका छन् । उनीहरुले कञ्चनपुर घटना प्रति सरकार गम्भीर नभएको र उदासिन बनेको आरोप समेत लगाएका छन्
ज्ञापन पत्रमा सरकार आन्दोलनलाई दवाउन लागिपरेको र पुनः १४ वर्षीय बालक सन्नि खुनाको निर्ममतापूर्वक हत्या गरेर आफ्नो चरित्र झनै उदांगो पारेको उल्लेख गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाउँदै नेपाल महिला संघकी सभापति लक्ष्मी पाण्डेले प्रहरीसँग न्याय माग्न जाँदा घटनालाई ढाकछोप गर्दै जानु र घटनास्थलमा उपलब्ध प्रमाणहरुलाई मेटाउँदै घटनालाई थप गम्भीर मोडतर्फ लैजान खोज्नुले नेपाल प्रहरीको व्यवसायीक संगठनको स्वच्छ छविलाई समेत थप शंकाको घेरामा उभ्याएको बताउनुभयो ।
कञ्चनपुर घटनाको उच्चस्तरीय समिति मार्फत घटनाको पुनः अनुसन्धान गरी सत्य तथ्य सूचना नागरिकलाई सरकारले दिनुपर्ने उनीहरुको भनाई छ ।

प्रकाशित मिति : १० भाद्र २०७५ आइतबार ००:००  १२ : ३५ बजे