१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गुल्मीमा जीप दुर्घटना हुँदा १४ घाइते, तीन जनाको अवस्था गम्भीर



गुल्मी ।
मालिका गाउँपालिका दर्लिङ्गमा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
सदरमुकाम तम्घासबाट नेटा दर्लिङतर्फ जाँदै गरेको लु १ ज १९५७ नम्बरको जीप शनिबार दर्लिङ्गमा दुर्घटना भएको हो ।
घाइतेहरुमध्ये ८ जनालाई उपचारका लागि जिल्ला अस्पताल तम्घासतर्फ ल्याइँदै गरिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक रोशन खड्काले बताउनु भएको छ । शनिबार दिउँसो २ बजे १४ जना यात्रुहरु बोकेर नेटा दर्लिङ्गतर्फ जाँदै गर्दा दर्लिङ्गमा ओरालो सडकमा चिप्लिएका कारण जीप दुर्घटनामा परेको बताइएको छ । दुर्घटनामा जीप चालकसमेत घाइते भएका छन् ।
दुर्घटना भएको जीप सडकवाट ५० मिटर तल खसेको स्थानीय मोहन घिमिरेले जानकारी दिनु भएको छ । घाइतेहरुलाई एम्बुलेन्स र पिकअप भ्यानबाट सदरमुकाम तम्घासतर्फ ल्याइएको छ ।
दुर्घटना भएको ठाउँ सदरमुकाम तम्घासदेखि ४५ किलोमिटर उत्तर पश्चिममा पर्दछ । घटनाको जानकारी पाए लगत्तै मुसिकोट नगरपालिका –१, अन्र्तगत पौदी अमराईदेखि प्रहरीटोली घटनास्थलतर्फ पुगेको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०७५ शनिबार ००:००  ४ : ५४ बजे