६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

वडाध्यक्ष अर्कैकी श्रीमतीसँग भेटिए, श्रीमानले दिए प्रहरीमा उजुरी



प्रेम सुनार, बुटवल ।

बाग्लुङ्गका वुर्तिवाङ्ग वजारमा आइतबार दिउँसो तिन वजेको समयमा एक जना वडाध्यक्ष अर्कैको श्रीमतीको काँखमा भेटिएपछि त्यस बजारमा अहिले निकै हंगामा चलिरहेको छ । बडीगाड गाउँपालिका वडा नं ७ का वडाध्यक्ष ३२ बर्षिय कृष्ण गुरुङ्ग वुर्तिबाङ्ग बजारमा डेरा गरी बसेकी मानबहादुर सुनारकी २५ बर्षिया श्रीमतीसँग कोठामा सगै बसेको भेटिएका हुन् । ईलाका प्रहरी कार्यालय वुर्तिवाङ्गका प्रमुख प्रहरी निरीक्षक ओमप्रकास सँग सम्पर्क राख्दा उनले उक्त घटना घटेको पुष्टि गरेका छन् ।

यादवले भने, ‘उनका श्रीमान मानबहादुरले आइतबार दिउँसो तिन बजेको समयमा उनीहरु बसेको कोठाको ढोका थुनेर हामीलाई खबर गरेपछि हामीहरुले वडाध्यक्ष र ती महिलालाई अहिले नियन्त्रणमा लिएर राखेका छौं ।’ यादवका अनुसार वडाध्यक्षले उनै महिलाले बोलाएर आफु गएको बताएका छन् । उनले भनेका छन– ‘उनले बोलाएपछि म गएर मुढामा बसेको थिएँ, उनका श्रीमान बाहिरबाट आएर ढुका थुनेका हुन् ।’

उनका श्रीमान विदेशमा थिए । चार पाँच महिनाअघि घर आएका उनले श्रीमतीको चाल चलनबारे गोप्य रुपमा निगरानी बढाउँदै आएको स्थानियले बताए । मानबहादुर र उनकी श्रीमतिको घर निसीखोला गाउपालिका १ हर्पे हो । श्रीमान विदेश हिडेपछि दुई छोराछोरी पढाउन भन्दै वुर्तिबाङ्गमा डेरा गरी बसेका थिए । आफ्नो कोठामा वडाध्यक्ष आपत्तिजनक स्थितिमा यौनजन्य क्रियाकलाप गरेको अवस्थामा भेटिएको भन्दै प्रहरीमा उनका श्रीमानले उजुरी दिएको बताईएको छ । साभार-रातोपाटी

प्रकाशित मिति : १८ भाद्र २०७५ सोमबार ००:००  २ : १३ बजे