११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

पक्राउ परेकै दिन जेल चलान



शिवलाल सुवेदी, गुल्मी ।
दुई बर्ष अगाडि स्थानीय एक महिलालाई जवरजस्ती करणी फरार भएका रुरुका विनोद श्रेष्ठ पक्राउ परेका छन् । रुरु गाउँपालिका ३ थानपतीका सुरज भन्ने विनोद श्रेष्ठ पक्राउ बिहीवार पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका श्रेष्ठ विहीवार नै कारागार चलान भएको समेत जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपक कुमार बस्नेतले जानकारी दिए ।

२०७३ सालमा स्थानीय एक महिलालाई जवरजस्ती करणी फरार भएको रहेछ वस्नेतले भने‘ ७३ सालकै बैशाख २२ गते अदालतले उनलाई जवरजस्ती करणी मुद्दाको दोषि ठहर गरेर ६ बर्ष र २५ हजार जरिवाना तोकेको रहेछ ।’ उनका अनुसार पहिले नै दोषि ठहर गरेर सजाय तोकिएकाले पक्राउ परेसगै श्रेष्ठ कारगार चलान भएको बताए ।

श्रेष्ठलाई विशेष सहयोगीको मद्दतले पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । उनी छत्रकोट गाउँपालिकाकी एक नावालिका भगाएर काठमाडौमा वस्दै आएको समेत खुलेको छ । नावालिकाको परिवार पनि प्रहरीमा आएकाले श्रेष्ठविरुद्ध अर्को मुद्दा समेत दर्ता हुने मुद्दा शाखा प्रमुख प्रहरी नायव निरिक्षक शिवबहादु रखत्रीले जानकारी दिएका छन ।

प्रकाशित मिति : १२ आश्विन २०७५ शुक्रबार ००:००  २ : ०२ बजे