११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

अर्घाखाँचीमा एसिड बिक्रि वितरणमा कडाई



बिष्णु कुमार आले, अर्घाखाँची ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले एसिड बिक्रि वितरणमा कडाई गरेको छ । जिल्ला सुरक्षा समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लामा एसिड बिक्रि वितरणलाई व्यवस्थित बनाउने निर्णय गरेको हो ।
देशका विभिन्न भागमा विगत केहि समय देखि एसिड आक्रमणका घटना दोहोरिदै गएकोमा जिल्ला सुरक्षा समितिको गम्भिर ध्यानाकर्षण भएको भन्दै एसिड आक्रमण जस्तो गम्भिर र जघन्य अपराधलाई निरुत्साहित र नियन्त्रण गरि भय रहित वातावरण निर्माण गर्नको लागि एसिड र एसिडजन्य पदार्थको बिक्रि वितरणमा कडाई गर्ने निर्णय गरेको हो ।
यस्तै अर्घाखाँचीमा एसिड र एसिडजन्य पदार्थको बिक्रि वितरण गर्दा क्रेताका नामथर, वतन र सम्पर्क नम्बर खुलाई एसिड प्रयोगका प्रयोजन समेतको अभिलेख राखी क्रेताको निकटतम र जिम्मेवार व्यक्तीको रोहवरमा बिक्रि वितरण गर्न एसिड र एसिड जन्यपदार्थको बिक्रि वितरण गर्ने व्यवसायी एवम् सम्बन्धित सबैलाई जिल्ला प्रशासन कार्यालयले अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७५ शुक्रबार ००:००  २ : ११ बजे