१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बिपद्बारे बिद्यार्थी र जनप्रतिनिधी पढाउँदै सशस्त्र



शिवलाल सुवेदी, गुल्मी ।
गुल्मीको सशस्त्र प्रहरीले विपद ब्यवस्थापन र लागु औषध दूव्र्यसनी लाई जोड दिएको छ । सशस्त्र प्रहरी वल गुल्म गुल्मीले जिल्लामा विपद ब्यवस्थापन र लागु औषध दूव्र्यसनीविरुद्ध जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ ।
सदरमुकाम तम्घासबाट सुरु भएको उक्त अभियानले अहिले गाउँ–गाउँसम्म कार्यक्रम सञ्चालन भएका छन । सशस्त्रले विहीवार मुसिकोट नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीलाई बिपद् के हो ? बिपद् पुर्व र पछिको तयारी, आफुलाई सुरक्षित राख्ने तरिका र बिपद् असर र न्यूनिकरणका विविध बिषयमा जानकारी गराएको छ ।
सशस्त्र प्रहरी नायव उपरिक्षक दिनेश रायमाझी र सशस्त्र प्रहरी निरिक्षक देवेन्द्र मल्लले लागु औषध दूव्र्यसनी तथा बिपद् व्यवस्थापन सम्बन्धी जनचेतना मलुक कक्षा मुसिकोटमा संचालन गरेको बताए । शुरुमा सदरमुकामका बिद्यार्थीवाट शुरु गरिएको भएपनि अहिले गाउँगाउँमा पुगेर सचेतना फैलाउने काम गरिएको प्रहरी नायव उपरिक्षक रायमाझीले बताए । यो तालिमले जनप्रतिनिधी र कर्मचारीलाई बिपद्का योजना निर्माणमा सहयोग पुग्ने उनले बताए ।
मुसिकोट नगरपालिका वास सयोजक रामबहादुर कुवँरका अनुसार सशस्त्र प्रहरीले सञ्चालन गरेको सचेतनामुलक कार्यक्रम अत्यन्तै प्रभावकारी भएको बताए । बिपद् के हो ,बिपद् पुर्व र पछिको तयारी, आफुलाई सुरक्षित कसरी राख्ने भन्ने हामीले बुझेको र प्रहरीले बुझेको धेरै फरक रहेछ उनले भने‘यो अभियान स्थानीय तहसगँ सहकार्य गरेर जिल्लाभर नै लागु गर्नुपर्छ ।’
चक्लेटको माध्यमबाट सशस्त्र प्रहरी नायव उपरिक्षक दिनेश रायमाझीले जिल्लाका विभिन्न बिद्यालयमा लागु औषध दुव्र्यसनी र बिपद् व्यावस्थानका बारेमा जानकारी गराउँछन् । सदरमुकाम र आसपासका बिद्यालय र क्याम्पसमा सचेतना कक्षा संचालन गरेको सशस्त्र प्रहरीले मुसिकोट नगरपालिका वामी स्थित महेन्द्र आर्दश माविका करिव १ सय ५० जना माध्यमिक तहमा पढ्ने बिद्यार्थीहरुका लागि लागु औषध दूव्यसनी तथा बिपत व्यवस्थापन सम्बन्धि जनचेतना मुलक कार्यक्रम राखिएको हो ।
सशस्त्र प्रहरीले जिल्लाको सदरमुकाम तम्घासको रेसुङ्गा क्याम्पस, अर्जुन आवासीय माध्यमिक बिद्यालय, सिद्धबाबा माध्यमिक बिद्यालय, रेसुङ्गा माध्यमिक बिद्यालय, आर्दश बिद्या आश्रम र महेन्द्र माध्यामिक बिद्यालयका गरि २ हजार वढि बिद्यार्थीहरुलाई प्रशिक्षण दिइएको छ । पछिल्लो समय युवा तथा बिद्यार्थीहरु नै लागु औषधमा फस्न सक्ने भएकाले बिद्यार्थीहरुलाई सचेत बनाउँदै नियन्त्रणको प्रयास गरिएको प्रहरी निरिक्षक देवराज मल्लले बताए ।

प्रकाशित मिति : १२ आश्विन २०७५ शुक्रबार ००:००  २ : ४६ बजे