१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

३० वर्षदेखि फरार अभियुक्त प्रहरीद्धारा पक्राउ, कपिलवस्तु प्रहरी चोरी तस्करी नियन्त्रणमा सकृय


१२ आश्विन २०७५ शुक्रबार ००:००  

0
Shares

मायादेवी अनलाइन, तौलिहवा ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विभिन्न नाकामा हुने चोरी तस्करी रोकथाम तथा राजश्व चुहावट नियन्त्रणमा सकृयता देखाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ५ महिनाको अवधीमा ९० लाख ९१ हजार २ सय ३ रुपैया बराबरको अवैध सामान बरामद गरेको छ । गत जेठ महिनादेखि आश्विन महिनासम्म जिल्लाका विभिन्न भारतीय सिमा नाकाबाट अवैध रुपमा भन्सार छलेर ल्याएका ९० लाख ९१ हजार २ सय ३ रुपैया बराबरको अवैध समान बरामद गरेको हो । कपिलवस्तुको प्रहरी कार्यालय तौलिहवामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी उपरिक्षक मनोज कुमार यादवले जिल्लामा आएपछि शान्ति सुरक्षा, अपराध रोकथाम नियन्त्रण तथा अनुसन्धान गर्दै चोरी तस्करी तथा भन्सार छली ल्याएका अवैध सरसामान नियन्त्रणमा कडाईका साथ निगरानी गरेको बताउनुभयो । प्रहरी उपरिक्षक यादवका अनुसार भन्सार छली गरी अवैध रुपमा नेपाल भित्रिने सरसमानमा भन्सार कार्यालय, शसस्त्र प्रहरी सिमा सुरक्षा बलको पनि सकृयता हुनुपर्नेमा जोडदिनुभयो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले दशै तिहारको सुरक्षा रणनीति तयार गर्दै विभिन्न क्षेत्रमा हेल्प डेक्स तथा सुरक्षाकर्मी परिचालन गर्ने योजना रहेको जनाएको छ । जिल्लाको ९३ किमि सिमा क्षेत्र रहेकाले उक्त सिमा क्षेत्रमा नेपाल प्रहरीको १३ वटा चेक प्वाइन्ट रहेकाले अवैध चोरी तस्करी नियन्त्रण सवै सुरक्षा निकायको निगरानी हुनुपर्ने बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सिमा क्षेत्र लगाएत विभिन्न स्थानबाट अवैध कुखुरा, मदिरा, चौपाया, काठ, लत्ताकपडा, इलेक्ट्रिक तथा दैनिक उपभोग्य बस्तु लगाएतका सरसामान बरामद गरेको हो । यसैबीच सिमाक्षेत्रबाट प्रहरीले १३ हजार ९ सय अवैध कुखुराका चल्लाबाट ९ लाख मूल्य बराबरको चल्ला नष्ट गरेको छ भने २९ वटा चोरीको मोटरसाईकल सहित चोरीमा संलग्न ९ जना व्यक्तिलाई पक्राउ गरेको हो । अवैध चौपया गोरु र भैसी पक्राउ गरी २२ लाख ४० हजार मूल्य बराबरको वरामद गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले लागु औषध नियन्त्रणमा समेत सकृयता देखाएको छ । प्रहरीले यस अवधीमा लागु औषध सेवनकर्ता तथा ओसारपोसारमा संलग्न २५ जनालाई पक्राउ गरेको छ । प्रहरीले लागु औषध प्रयोगकर्ताबाट नेपालमा प्रतिवन्धित औषधी स्पास्मो क्याप्सुल, नाइट्रोसन चक्की, ब्राउन सुगर र चरेस लगाएतका आगुऔषध बरामद गरेको हो ।
प्रहरीले जेठदेखि हालसम्म १५ जना फरार अपराधीलाई पक्राउ गरेको प्रहरी निरिक्षक गोविन्द रावतले जानकारी दिनुभयो । ३० वर्षदेखि जर्वजस्ती करणी मुद्धामा फरार रहेका कपिलवस्तु नगरपालिका ४ पिपरीका राम प्रसाद धोवीलाई प्रहरीले पक्राउ गरेको छ । २०४५ सालमा जर्वजस्ती करणी मुद्धामा जिल्ला अदालत कलिवस्तुले ३ वर्ष कैद सजाय गरेको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०७५ शुक्रबार ००:००  २ : १८ बजे