११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

९५ प्रतिशत बलत्कारी सरकारको कब्जामा : गृहमन्त्री



शिवलाल सुवेदी, गुल्मी ।

गृहमन्त्री राम बहादुर थापा बादलले ९५ प्रतिशत बलत्कारी सरकारको कब्जामा रहेको बताएका छन् । पाचँ प्रतिशत बलत्कारीहरु अनुसन्धानकै क्रममा रहेका भएपनि अन्य ९५ प्रतिशत वलात्कारीहरुलाई सरकारले नियन्त्रणमा लिइसकेको बताए । लायन्स क्लव अफ काठमाण्डौ लर्ड बुद्धले विश्व मुटु दिवस अवसरमा आयोजना गरेको दुई दिने निशुल्क बृहत स्वास्थ्य शिविरलाई संवोधन गर्दै गृहमन्त्री थापाले यो देशमा निर्मला पन्त मात्रै बलात्कृत नभएको स्पष्ट पारे ।

उनले निर्मला पन्तको विषयमा लिएर जति आन्दोलन र विरोध भएका छन त्यो भन्दा बढी सरकार गम्भिर भएको बताए । ‘स्वदेशमा निर्मला मात्रै नभएर बिदेशमा समेत नेपाली चेलीहरु बलात्कृत भएका छन्,’उनले भने,‘सरकार गम्भिर र प्रतिवद्ध छ ।’ उनले अहिले केहि व्यक्ति र घटना बिशेषलाई मात्रै उचालेर सरकार बिरुद्ध घेराबन्दि भएपनि आफुहरुले सवैलाई न्यायको पहुँच स्थापित गर्न योजनाबद्ध रुपमा लागेको बताए । न्याय दिलाउने पक्षमा प्रतिपक्षलाई सदनमा समेत बोल्न दिएकाले कुनै सार्वजनिक कार्यक्रममा नारा लगाउने र बिरोध जनाउने काम न्यायोचित भएको प्रतिक्रिया दिए ।

सरकारले राम्रो काम गर्दा सवैतिरवाट घेराबन्दी गर्ने र सरकार नै गिराउनेसम्मको षड्यन्त्र भइरहेको समेत बताए । ‘अहिले जसरी सरकार सञ्चालन भएको छ गृहमन्त्री थापाले भने‘भ्रष्टहरुलाई कारबाही गर्ने, बलात्कारीहरुलाई कारबाही गर्ने, तस्कर र ठगहरुलाई कारबाही गरिरहेको हुनाले उनीहरु जुर्मुराइरहेका छन् ।’ उनीहरुले सरकारको विरोध गदै सरकारलाई कसरी गिराउने भनेर षड्यन्त्र समेत गरिहेका छन उनको भनाई थियो । ६३ बर्षपछि गृहमन्त्री थापाले शनिवार आफ्नो पुर्खौली घर गुल्मीको मुसिकोट दजाकोटमा आफन्तहरुसगँ समेत भेटघाट गरेका थिए ।

 

प्रकाशित मिति : १३ आश्विन २०७५ शनिबार ००:००  २ : ३१ बजे