२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

पाल्पामा कामको प्रलोभनमा पारेर बालिका भगाउने युवती पक्राउ



पाल्पा ।

कम्पनीमा काम लगाइदिने भन्दै तीनजना बालिका भगाउने एक महिला पाल्पामा पक्राउ परेकी छिन् ।

बुटवल उपमहानगरपालिका १३ देवीनगरमा भाडामा बस्दै आएकी शर्मिला खत्री तानसेन–७ बाट पक्राउ परेकी हुन् । दसैँमा मामाघर आएकी खत्रीले तानसेन ७ का तीनजना बालिकालाई कम्पनीमा काम लगाइदिने भन्दै घरबाट भगाएकी थिइन् ।

उनले १६ वर्षीया ममता कुमाल, १५ वर्षकी सुस्मिता कुमाल र १४ वर्षकी अनिषा चौधरीलाई कम्पनीमा काम लगाइदिने भन्दै बुटवल लैजादै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

लगत्तै पुगेको जिल्ला प्रहरी कार्यालय पाल्पाको टोलीले उनलाई पक्राउ गरेको प्रहरी निरीक्षक अमृत भण्डारीले जानकारी दिनुभयो ।  उनले बालिकालाई कहाँ र के का लागि लैजाँदै थिइन् भन्ने बिषयमा अनुसन्धान भइरेहको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

 

प्रकाशित मिति : ८ कार्तिक २०७५ बिहिबार ००:००  ३ : ५५ बजे