२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

खुकुरी प्रहार गरी श्रीमानद्धारा श्रीमतीको हत्या



रोल्पा ।
रोल्पामा एक जनाले खुकुरी प्रहरी गरी श्रीमतीको हत्या गरेका छन् । गंगादेव गाउँपालिका–५, का ४३ वर्षका सुकलाल सार्कीले ३९ वर्षीया श्रीमती देविसरा सार्कीको बुधबार राति खुकुरी प्रहार हत्या गरेको प्रहरीले जनाएको छ ।
घरायसी विवाद हुँदा राति करिब ११ बजेतिर घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । सुकलाललाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान गर्दा उनको मानसिक सन्तुलन ठीक नभएको पाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताउनुभयो ।
शवको पोष्ट मार्टमका लागि जिल्ला अस्पताल रेउघामा ल्याउँदै गरेको प्रहरीले जनाएको छ । घटना भएको ठाउँ दुर्गम भएकाले शव ल्याउन ढिलाई भएको प्रहरीको भनाई छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएकोे छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७५ बिहिबार ००:००  १० : ५७ बजे