२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

वडा नं.९ को सिलिङखोलामा एकीकृत घुम्ती शिविर



गणेश बेल्बासे, अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं.९ स्थित सिलिङखोला गाउँमामा एक दिने एकीकृत घुम्ती शिविर सम्पन्न गरिएको छ ।
दुर्गम गाउँका सर्वसाधारणलाई गाउँमै सेवा र्पुयाउने उद्धेश्यले सिलिङखोलामा शनिबार बिहान देखि शुरु गरिएको १ दिने घुम्ती शिविर सम्पन्न भएको हो ।
वडा स्तरीय घुम्ती शिविरमा वडाबाट प्रदान गरिने जन्मदर्ता, मृत्युदर्ता, घरजग्गा तिरो, बसाई सराई सिफारिस तथा प्रमाणित लगाएत स्वास्थ्य सेवा प्रदान गरेको वडा नं.९ को वडा कार्यालयले जनाएको छ ।
वडा नं. ९ र लामिदमार स्वास्थ इकाई लामिदमारको संयुक्त आयोजनामा एकिकृत घुम्ती शिविर अन्तर्गत निस्शुल्क स्वास्थ्य शिविर समेत सम्पन्न भएको छ ।
स्वास्थ्य सेवा पाउने हाम्रो अधिकार भन्ने मुल नाराका साथ शनिबार वडा नं. ९ को सिलिङखोला गाउँमामा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ७० जना भन्दा सर्वसाधारणहरूलाई स्वास्थ्य परिक्षण गर्नुको साथै औषधी वितरण गरिरएको थियो ।
सबै वडावासीलाई स्वास्थ्यमा पहुँच र्पुयाउनका लागि शिविर आयोजना गरिएको वडाध्यक्ष भिम बहादुर केसीले बताए साथै आगामि दिनमा पनि आफ्नै कार्ययोजना तय गरि जनताको हित तथा विकास निर्माणका कार्यक्रममा निरन्तर रूपमा अग्रसर रहने उनको प्रतिबद्धता छ ।
शिविरमा प्रेसर, ज्वरो, टाइफाइड, रुघाखोकी लगायतका विरामीको स्वास्थ्य परिक्षणका साथै सर्वसाधारणहरूलाई औषधी वितरण गरिएको स्वास्थ्य प्रमुख ओमलाल ओलीले बताए ।
निशुल्क स्वास्थ्य शिविर आफ्नै क्षेत्रमा पाएपछि त्यस क्षेत्रका बिरामीहरू लाभान्वित भएका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७५ आइतबार ००:००  १० : ५३ बजे